मलेसियामा नेपाली कामदार अलपत्र

मलेसियामा नेपाली कामदार अलपत्र


क्वालालाम्पुर मलेसिया । सेलांगर मलेसिया बैदेशिक रोजगारीको सिलसिलामा आजभन्दा २ महिनाअगाडि मलेसिया आइपुगेका २१ जना नेपाली कामदारहरु मलेसियास्थित सेलांगर राज्यमा अलपत्र परेका छन् । नेपाल काठमाडौं बसुन्धरास्थित केयर ह्युमन मेनपावरबाट मलेसिया आएका नेपाली कामदारहरु अहिले मलेसियाको बिभिन्न ठाउँमा कस्टकर जीवन बिताईरहेको सुरेश खत्रीले जानकारी दिएका छन् । उनीहरु जस्तै अरु धेरै नेपाली कामदारहरु बिभिन्न ठाउँमा अलपत्र परेको अर्का दिल बहादुर के.सी.ले जानकारी दिएका छन् ।
केयर ह्युमन मेनपावरले ती नेपाली युवाहरुलाई पानासोनिक कम्पनी राम्रो छ भनी प्रति ब्यक्ति नेपाली ८० हजार देखि १ लाख १५ हजार रुपया लिएर मलेसिया पठाईएको थियो । ती नेपाली कामदारहरुलाई बेसिक सेल्लरी ५४६ र कम्तीमा पनि ओभर ४ घण्टा हुन्छ र महिनामा १ हजारदेखि १२ सयसम्म सेल्लरी खनाउँछ भनी झुटो आस्वासन देखाई मलेसिया पठाएको थियो। अहिले मलेसियामा कम्पनी त पानसोनिक नै रहेछ तर तलबचाहिँ नेपालबाट भनेको जस्तो नभएको खत्रीले जानकारी दिएका छन्।
अलपत्र परेका नेपाली कामदारहरुले नेपाल सरकार श्रम मन्त्रालय, बैदेशिक रोजगार मञ्चलगायत मलेसियास्थित बिभिन्न संघ-संस्थाहरु र आम प्रबासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुसँग सहयोगको लागि पहल गरिदिन आग्रह गरेका छन् ।-योगेन्द्र योगी हिमाल