बसको ठक्करबाट नयाँबजारमा साइकलयात्री घाइते

बसको ठक्करबाट नयाँबजारमा साइकलयात्री घाइते


काठमाडौंको नयाँबजार स्थित सडकखण्डमा आज बिहान बा २ ख ९४ नम्बरको बसको ठक्करबाट सइकलयात्री, गोरखा घर भई हाल काठमाडौं बस्ने २५ वर्षिय आशीष गुरुङ गम्भिर घाइते भएका छन् ।

उनको शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ । दुर्घटनामा संलग्न सवारी साधन सहित चालकलाई महानगरिय प्रहरी वृत सोरखुट्टेले नियन्त्रणमा लिएको जनाइएको छ ।