११ दिने विश्व स्तरीय खेलको उदघाटन

११ दिने विश्व स्तरीय खेलको उदघाटन


लण्डन । नयाँ दिल्लीमा भइरहेको राष्ट्रमण्डल खेलको तयारीलाई लिएर भारत तथा सो खेलका व्यवस्थापन समितिले ठूलो आलोचना खेप्नु परेको थियो । अन्ततः आईतवारको दिनमा विश्वको एउटा ठूलो खेल मानिने खेलकुद प्रतियोगिता को उद्घाटन भव्यताका साथ नयाँ दिल्लीको जवाहरलाल नेहरु स्टेडियममा सम्पन्न भयो । साढे पाँच मिलियन पाउण्ड मूल्य लागत आएको हेलियम ग्याँसले भरिएको एयरशिप उत्सुकताका साथ खेल हेरिरहेका एकत्रित भीडको माथि समारोहलाई चारचाँद लगाउदै तैरिरहेको थियो । केही हप्तादेखि खिलाडीहरु बस्ने खेल गाउँको व्यवस्थापन ठीक ढंगले व्यवस्थित गर्न नभ्याएको तथा खिलाडीहरुका लागि बस्नलाई योग्य नरहेको र गोमन साँपको आतंक इत्यादिलाई लिएर विवाद उठेको थियो र भारतको छविमा आँच आउने जस्ता खबरहरु विश्व सञ्चार जगतले सम्प्रेषन गरेको थियो । उद्घाटन समारोह अनेकौं आलोचनाको बावजुद भारतीय अधिकारीहरुले र जनताले उदघाटन समारोहमा प्रस्तुत गरिएको भव्य भारतीय संस्कृतिक प्रदर्शनले काल्पनिक आयाम थप्दै दर्शकदीर्घालाई रोमाञ्चित तुल्याएको थियो जसलाई करौडौ विश्वका दर्शकहरुले हेरेका थिए । ७१वटा राष्ट्रलाई प्रतिनिधित्व गर्दै ६००० महिला तथा पुरुष खिलाडीहरुले समारोहमा भाग लिएका थिए ।
१९औं राष्ट्रमण्डल खेललाई भारतका राष्ट्रपति प्रभा पाटिल र प्रिन्स् आफ वेल्स, राजुमार चार्ल्सद्वारा उदघाटन समारोहलाई उद्घाटन गर्दा सबैले ताली बजाएर स्वागत गरेका थिए । प्रिन्स चार्ल्सले बेलायतकी महारानीका शुभ सन्देश दर्शकदीर्घामा सम्प्रेषन गरेका थिए । साढे दुर्इ घण्टासम्म चलेको त्यो कार्यक्रममा हेलियम ग्याँसले भरिएको हवाइजहाजमार्फत भारतका राष्ट्रपिता गान्धी, गौतम बुद्ध भगवान र ताजमहलका छविहरु देखाइएका थिए । प्रदर्शनीमा भारतको ५ हजार वर्ष पुरानो इतिहासलाई संगीत, नृत्य र प्रकाशको माध्यमबाट प्रस्तुत गरिएको थियो । ६० हजार दर्शक भरिएका त्यस स्टेडियमा प्रवेश गर्दाको सुरक्षा जाँच अत्यन्त कडाइका साथ गरिएको समाचार प्रकाशमा आएको छ । खेलकुद खेलिने ४१वटा स्थानहरुमा भारतीय ३० हजार प्रहरी सुरक्षाका लागि खटाइएका छन् । हजारौ सेनालाई पनि सुरक्षाको लागि तैयारमा राखेका छन् । श्रोत – मेट्रो, सुमल, मेस।