क्षेत्री समाजको अर्को इकाइको गठन

क्षेत्री समाजको अर्को इकाइको गठन


फार्नबोरो अल्डरशट । गत ३ अक्टोबर आइतबारका दिन, फार्नबोरो, अल्डरशट क्षेत्रवरपर बसोबास गर्दै आएका क्षेत्रीहरु फार्नबोरो कम्युनिटि सेण्टरमा भेला भई क्षेत्री समाज बेलायतको क्षेत्रिय समिति गठन गरेका छन् । क्याम्बर्ली, फार्नबोरो, अल्डरशट र गिलफोर्ड क्षेत्रलाई ओगट्ने गरी बनाइएको यो समितिमा गीलफोर्डबाट प्रतिनिधित्व हुन सकेको छैन । क्षेत्री समाज बेलायतका केन्द्रिय उपाध्यक्ष भीम बानिया, सहसचिव प्रवेश के.सी. र सदस्य प्रकाश रावतको समउपस्थितिमा गठित यो समितिको अध्यक्षमा यज्ञ क्षेत्री, सचिवमा राजा थापा, कोषाध्यक्षमा भक्त बहादुर क्षेत्री र सदस्यमा भोज बहादुर बानिया, हर्क थापा सर्वसम्मतिबाट चुनिएका छन् । केन्द्रिय उपाध्यक्ष भीम बानियाले कार्यसमितीका पदाधिकारीलाई बधाइ तथा कार्य सफलताको कामना दिने बित्तिकै नयाँ समितिको पहिलो बैठक बसेको थियो । बैठकले नजिकै आएको नेपालीहरुको महान चाड दशैंको शुभकामना आदानप्रदान र कालरात्रि पर्व मनाउने गरी अक्टोवर १५ तारिख शुक्रवार अल्डरशट कम्युनिटि हलमा बेलुका ७ बजेदेखि राति ११ बजेसम्म शुभकामना आदानप्रदान र दशैं भोज गर्ने र ११ बजेपछि नजिकै रहेको नव दुर्गा पजामा भाग लिने निर्णय गरेको छ । यस वर्षदेखि प्रत्येक वर्ष कालरात्रिको दिनमा यस क्षेत्रका क्षेत्रीहरुको पारिवारिक भोज र शुभकामना आदानप्रदान गर्ने पनि निश्चित गरेको छ ।
यस्तै गरी शिव मन्दिर एण्ड कल्चरल सेण्टर अल्डरशट दशैंको पावन अवसरमा नवदुर्गा भवानीको नवै रात्र पूजा आराधान गर्ने उद्देश्यले अल्डरशट हाइस्ट्रिटमा दुर्गा स्थापनाको आयोजना गरेको छ ।-भीम, मेस