म आत्माहरू बाल्न खोजिरहेको छु

म आत्माहरू बाल्न खोजिरहेको छु


रेखा कविता-देश सुब्बा,
मसित एउटा सरल रेखीय आत्मा छ
म त्यसमा दीयो बाल्न खोजिरहेको छु
बाहिरको अन्धकारले छोपेर बाल्न दिँदैन
मभित्रैबाट बाल्न खोजिरहेको छु
मभित्र ज्योतिको ढुकुटी छ
त्यो ढुकुटीबाट एउटा ज्योति निकाल्न खोजिरहेको छु

म जस्तै हुन् मान्छेहरू
उनीहरूसित सरल रेखीय, बक्र रेखीय आत्मा छ
ती सबै आत्मा नबलुन्जेल
मान्छे बल्दैन, समाज बल्दैन
समाज उज्यालो बल्न
मान्छेको आत्मा बल्नु पर्छ
म ती आत्माहरू बाल्न खोजिरहेको छु
म ती आत्माहरू बाल्न खोजिरहेको छु
-हंगकंग