सुरुङभित्र फँसेकाहरु अब स्वतन्त्र हुँदै

सुरुङभित्र फँसेकाहरु अब स्वतन्त्र हुँदै


लण्डन । चिलेको सुनखानीको सुरुङभित्र फसेका ३३ जना कामदारहरु त्यतिबेला एकदमै खुशी भएर उफ्रे, एकआपसमा अंगालो हालेर रमाए जतिबेला उनीहरुलाई उद्वार गर्नका लागि सुरुङको चेम्बरभित्र ड्रिल मेशिनले बाटो खोलेर लिफ्टको माध्यमबाट निकाल्नलाई धक्का मारेको थियो । अब आउने भोलिदेखि ७०० मीटर जमीनमुनि सुरुङभित्र ७० दिनदेखि फँसेर बसेकाहरुलाई उद्वार गरिने खुशीको खबरले सुरुङभित्र खुशीयाली मनाउँदै भीडीयो फिल्म बनाएको खबर प्रकाशमा आएको छ । चिलेको आटाकामा मरुभूमि स्थल नजिकैको सुनखानी माथिको पालको नगरी (सीटी आफ टेन्ट) जसलाई टेन्ट होम पनि भनिन्छ त्यहाँ दिनांक ०५ अगस्त २०१० को दिनदेखि कुरेर बसेका, सुरुङभित्र फसेका ३३ जना कामदारहरुका परिवार र इष्टमित्रहरुलाई यस खबरले उमंग र हर्षाल्लित बनाएका छन् । चिलेका राष्ट्रपति सेबेस्टियन पिनेसोले, “शुरुका दुःखदायी हुनसक्ने घटना अहिले प्रमाणित आशीर्वाद बन्दै छ, हामी चिलेबासी आफ्नो भिन्नताहरुको बावजुद महान कामको लागि एकता भएर उठ्यौं भने हामी ठूलाभन्दा ठूला काम गर्न सक्षम छौं” भनेर समाचारमा सम्प्रेषन गरेका छन् ।
अहिलेसम्म कसैलाई उद्वार गरिएको छैन । चिलेका खानमन्त्रीका अनुसार अन्तिम मानिसलाई उद्वार नगरुन्जेल यो उद्वार कार्य समाप्त भएको ठहर हुँदैन । सुरुङभित्र रहेका कामदारहरु उद्वार भएपछि आ-आफ्ना कथाहरु समाचारदाताहरुलाई पृथक पृथक हिसाबले सम्प्रेषण गर्ने कुरामा समहत भएका छन् । तर, सबैभन्दा अन्तमा कसले सूर्यको किरण हेर्ने विषयमा होडबाजी भएको छ । श्रोत – लण्डन इ.एस., सुमल, मेस ।