प्रधान सेनापतिको यूकेमा अभिनन्दन

प्रधान सेनापतिको यूकेमा अभिनन्दन


फार्नबोरो, यूके । गत ०९ तारिख शनिबार, आफ्नो पाँच दिने सरकारी भ्रमणमा आएका प्रधान सेनापति क्षेत्रमान गुरुङलाई तनहुँ समाज यूके र पुलिमराङ समाज यूकेले स्वागत तथा अभिनन्दन समारोहको आयोजना गरेर सेनापतिलाई अभिनन्दन गरेका छन् ।
सो समारोहमा एनआरएन यूके, गोर्खा जिल्ला समाज यूके र लम्जुङ समाज यूकेका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथि प्रधान सेनापति गुरुङले आफूलाई यसरी अभिनन्दन तथा सम्मान गरेकोमा आयोजकहरुलाई धन्यवाद दिएका थिए । राष्ट्रिय गीतबाट शुरु भएको कार्यक्रमको सञ्चालन सुस्मिता गुरुङले गरेकिथिईन् भने सो कार्यक्रममा समाजका सुरेश गुरुङले स्वागत मन्तव्यमा सहभागीहरुलाई स्वागत गरेका थिए । कार्यक्रममा सेनापतिको सम्मानमा कौडा, चुड्काका साथै विभिन्न नृत्यहरुको पनि प्रदर्शनी गरिएको थियो ।
क्षेत्रमान गुरुङ तनहुँ जिल्लाबासी हुन् । सोही कार्यक्रममा तनहुँ समाज हङकङबाट तयार पारिएको तनहुँ जिल्लाको एक वृतचित्रको पनि प्रदर्शनी गरिएको थियो ।-याम, मेस, तस्वीरसहित
बाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।