रोधीं साँझ २०१० सम्पन्न

रोधीं साँझ २०१० सम्पन्न


हंगकंग । मिति १० अक्टोवर २०१० दिन यूनलोङ्ग थेयटर हलमा तमू ट्हो हयूल हंगकंगको आयोजनामा रोधीं साँझ भब्य रुपमा सुसम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि कसैलाई पनि बनाइएको थिएन र सदा गरिने भन्दा भिन्न तवरले ६ बर्षीया बालिका सोफिया गुरुङ्गले दीप प्रज्जलन गरी उद्घाटन गरेकिथिईने्। बिशेष अतिथिमा नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर, मगर संघ तथा आदिवासी, जनजाति महासंघ हंगकंगका अध्यक्ष एम. वी. थापा मगर र भू. पू. सैनिक संघका अध्यक्ष हेम बहादुर तमाङ्गलगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुको आतिथ्य रहेको थियो । यू. के.बाट आउनु भएका लोक गायक धर्म बहादुर गुरुङ्ग नेपालबाट आउनु भएका गण्डकी तारा तथा लोक दोहोरी गायक मनोज गुरुङ्ग र लोक गायिका तथा तमु फिल्म नायिका सविना गुरुङ्ग र हंगकंगको स्थानीय कलाकारहरको तमु भाषाको गीत, कौडा, सोरठी र अन्य नृत्यहरुको बजोड प्रस्तुति रहेको थियो ।
एक कार्यकालमा एउटा रोधीं साँझको आयोजना गर्ने संघको लक्ष्य अनुसार दोस्रो बर्षमा यो कार्यक्रम गरिएको थियो र यस बरेषबाट तमुहरुको भाषा र संस्कृति जगेर्ना तथा सम्बर्द्धन गर्न बिशेष योगदान पुर्‍याएको भनी श्रीप्रसाद गुरुङ्ग र लक्ष्मी गुरुङ्गलाई दोसल्ला ओर्ढाई कदरपत्र प्रदान गरिएको थियो । सहसचिव रीता गुरुङ्गको अनुसार यस रोधीं कार्यक्रम गर्नुको मुख्य तीन उद्देश्य रहेको बताएकिथिईन् जसमा १.तमू भाषा र संस्कृतिको जगेर्ना गर्न २. भाषा र संस्कृति जगेर्ना गर्नको लागि बिशेष योगदान पुर्‍याउने ब्यक्तिहरुलाई सम्मान गर्ने र ३. युवा तमूहरुलाई भाषा र संस्कृतिप्रति ज्ञान र चाख बढोस् भनी मार्ग निर्देश गरी पक्का गाउ“मा बसिने रोधीं यस्तै हो भनी प्राथमिकताका सथा उत्साह र जानकारी दिने । सचिव मीन गुरुङ्गको सञ्चालन र अध्यक्ष इच्छा कुमारी गुरुङ्गको अध्यक्षता सम्पन्न कार्यक्रम स्वय अध्यक्षले नै स्वागत तथा धन्यावाद मन्त्तब्य दिएकिथिईन् भने औपचारिक कार्यक्रमपश्चात संास्कृतिक कार्यक्रम सहसचिव रीता गुरुङ्ग, चलचित्र नायक रोशन गुरुङ्ग र सास्कतिक सह संयोजक सुभास गुरुङ्गले सञ्चालन गरेकाथिए । यस कार्यक्रमको संयोजक कृष्ण गुरुङ्गको थियो । मिति ११ अक्टोवर २०१० दिन कन्गन रेष्टूरेण्ट जोर्डनमा सम्मान कार्यक्रम आयोजना गरी सहभागी कलाकारहरुलाई सल्लाकार विक्रम गुरुङ्ग, सल्लाकार विष्णु गुरुङ्ग र लेपटीनेन्ट कर्नेल मिन बहादुर गुरुङ्गद्धारा ताम्रपत्र प्रदान गरिएको थियो । सम्मान कार्यक्रम पनि अध्यक्ष इच्छा कुमारी गुरुङ्गको अध्यक्षतामा सचिव मिन गुरुङ्गको सञ्चालन र सांस्कृतिक बिभाग प्रमुख कृष्ण गुरुङ्गले धन्यवाद ज्ञापन गरेका थिए । -प्रदीप, हंगकंग प्रतिनिधि, वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।