क्यान्सर रोग मानिसबाट निर्मित

क्यान्सर रोग मानिसबाट निर्मित


लण्डन । क्यान्सर रोग आधुनिक मानिसहरुको जीवन शैलीबाट प्रभावित जस्तै खानपान र प्रदुषणको कारणबाट मानिसले नै बनाएको थियो भनेर बेलायती अनुसन्धान विज्ञहरुले आफ्नो राय दिएका छन् । वैज्ञानिकहरुले प्राचीन मिश्र र युनानका एक हजार जति मानव अवशेषहरुको परिक्षण गर्दा केवल एकदमै न्यून मानिसहरुमा सम्भावित क्यान्सर रोग भएको देखा परेको कुरा प्रकाश पारेका छन् । क्यान्सर रोगको लक्षणको सन्दर्भमा प्राचीन साहित्यहरुमा महत्वपूर्ण कुराहरु उल्लेखहरु गरेको पाइन्छ । विज्ञहरुले दिएका प्रतिवेदनअनुसार अनुसन्धानकर्ताहरुले पहिलोचोटि मिश्रको एउटा ममीमा क्यान्सरको रोग भएको पहिचान गरे, तर, यो एक मात्र क्यान्सर रोगको प्रमाण भएको पाइन्छ । परिक्षण गरेका अवशेषहरुमा क्यान्सर रोग एकदमै नरहेको तथ्य लागेको छ । १७औं शताब्दिमा आएर मात्र छातीको क्यान्सर र अपरेशनबारे वर्णन गरेको पाइन्छ । वैज्ञानिक लेखहरुमा पछिल्लो २०० वर्षभित्र पहिलोचोटि ट्यूमरसम्बन्धी प्रकाश गरेको पाइन्छ । नाकमा सुँघ्ने वस्तु प्रयोग गरेकाहरुमा नाकको क्यान्सर भएको प्रतिवेदन सन् १७६१मा उल्लेख गरेको प्राप्त भएको छ । औद्योगिक क्षेत्रहरुमा रोगबाट मृत्यु हुनेहरुमा मुटूको रोगपछि दोश्रो रोग क्यान्सरको कारण रहेको अनुसन्धानबाट प्राप्त भएको छ । मान्चेस्टर युनिभर्सिटीका प्रोफेसर रोजली डेविडका अनुसार, “प्राचीनकालमा क्यान्सर एकदमै न्यून थियो, प्राकृतिक वातावरणमा क्यान्सर रोग लाग्ने त्यस्तो कुनै कारण हुँदैन, त्यसकारण यसलाई मानिसको जीवन शैलीको प्रभाव जस्तै खानपिन र फोहोरमैला जस्ता वातावरणको प्रदुषणले गर्दा क्यान्सर रोग मानिसले नै बनाएको हो”, भनेर उद्धृत गरेकिछिन् । उनका अनुसार केवल १०० वर्षको मात्र नभई अनुसन्धानकर्ताहरुले ३००० वर्ष देखिको क्यान्सरसम्बन्धी अनुसन्धान गरेका थिए र रेकर्डले देखाएबमोजिम क्यान्सर रोग मानिस द्वारा नै सिर्जित भएको हो भन्ने कुरामा यकिन गर्दछन् । श्रोत -मेट्रो, सुमल, मेस ।