क्याम्ब्रिज्डमा नेपालीहरुका दशैंको रमझम

क्याम्ब्रिज्डमा नेपालीहरुका दशैंको रमझम


क्याम्ब्रिज्ड, यूके । गत १५ तारिख शुक्रबार बेलुका, क्याम्ब्रिज्डस्थित स्याफ्रोन वाल्डेनमा एक हलमा भव्य कार्यक्रमको आयोजना गरी सो क्षेत्रमा बसोबास गर्ने ४२ घरबाट लगभग १६० जना नेपालीहरुको उत्साहजनक भीडले दशैंको अवसर पारेर एक कार्यक्रमको आयोजना गरेकोथियो । समाजका पेरेन्द्र जंग गुरुङका अगुवाइमा भएको सो भेलामा जम्मा भएकाहरुभित्र पनि वयोवृद्धहरुबाट समाजमा नव प्रवेशी दम्पतीहरुलाई स्वागत गरिएको थियो भने सो क्षेत्रबाट अन्यत्र सर्नेहरुलाई विदाइ गरिएको थियो । परम्परागत नेपाली खानाहरुको भोजकापछि सो जमघटमा नेपाली संस्कृतिका गीतहरुमा नृत्य प्रदर्शन गरिएको थियो । स्थानीय युवा तथा युवतीहरुबाट नृत्यहरुको प्रदर्शनपछि ककटेल नृत्यहरु भएका थिए जसमा समाजका सबै व्यक्तित्वहरुले भाग लिएका थिए ।
साँझ ०७ बजेबाट शुरु भएको सो कार्यक्रम विहानीको तीन बजे समाप्त भएको थियो । कार्यक्रममा स्थानीय केही अंग्रेज परिवारहरुको पनि सहभागिता रहेको थियो ।
-सूर्य, मेस, तस्वीरसहित, वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।