रोटरी क्लब अफ वीरगंज मेट्रोपोलिस एवं काठमाडौंको सेन्ट जेभियर्स कलेजले संयुक्तरूपमा करिब ७० हजारको न्यानो कपडा वीरगंज आसपासका बालबालिकाहरूलाई बाँडेको छ ।
सेन्ट जेभियर्स कलेज अन्तर्गत रहेको विद्यार्थीहरूको विन्टर वाम्र्थ कमिटी र रोटरी क्लबको करिब ७० हजारको स्वेटर र ज्याकेट बिर्तास्थत बाल कल्याण गृहमा १० जना, छपकैयास्थित यतीमखानामा २५ जना र बहुअरीमा (परवानीपुर, श्रीपुर, बहुअरी) ३० जना गरी ६५ जना असहाय बालबालिकालाई चिसोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको हो ।
दिउँसो ३ बजेदेखि विद्यार्थीकै ठाउँमा पुगी संयुक्त टोलीले कपडा वितरण गरेको थियो । रोटरी क्लबका सर्भिस प्रोजेक्ट डाइरेक्टर रहबर अन्सारीको विशेष पहलमा सेन्ट जेभियर्स कलेजका विद्यार्थीहरूले संयुक्तरूपमा सामाजिक कार्य अन्तर्गत कपडा वितरण गरेका थिए । कोशिस फाउन्डेसन पर्साका संयोजक तथा पब्लिक एफ.एमका निर्देशक मदन गुप्ताले कम्बल बितरण गरे ।
प्रतिक्रिया