दशैँ, मलेसियामा भब्यताको साथ सम्पन्न

दशैँ, मलेसियामा भब्यताको साथ सम्पन्न


क्वालालाम्पुर मलेसिया । हिन्दूहरुको महान पर्ब विजया दशमी २०६७ मलेसियाको बिभिन्न ठाउँहरुमा भब्यताको साथ सम्पन्न सम्पन्न भएको छ । नेपाली कामदारहरुको बहुल्लियता रहेको मलेसियामा जता ततै नेपाली श्रमिकहरु पाइन्छन् । नेपाली श्रमिकहरु मिलेर यहाँ बिभिन्न संघसस्थाहरु गठन गरी भईपरी आउने समस्याको समाधान सबै संघसस्था मिलेर सहयोग गर्ने गर्दछन् । यिनै संघ सस्था मिलेर विजया दशमीको आयोजना गरेका थिए ।
मलेसियाको निलाई शहरभित्र पर्ने तमान सेमारक भने ठाउमा युनाईटेड मोर कम्पनीमा रहेको दुईवटा संस्था नेपाली एकता समाज र असल साशन युवा क्लबले पनि विजया दशमी २०६७ को आयोजना गरेका थिए । युनाईटेड मोर कम्पनीको नेपाली क्यान्टिनमा सम्पन्न भएको शुभकामना दशैँ कार्यक्रममा नेपाली एकता समाज मलेसियाका अध्यक्ष अजय कुमार शाह, उपाध्यक्ष अम्बिका लिम्बू, कोषाध्यक्ष पदम कुँवर, सचिव रुद्र खतिवडा, सहसचिव लेख बहादुर बि।क बरिस्ठ सल्लाहकार जिबलाल घिमिरे र गिरिराज पौडेल सहभागी रहेकाथिए। त्यसैगरी असल शासन युवा क्लबको तर्फबाट अध्यक्ष रामनाथ दसलगायत सबै पदाधिकारीहरुको उपस्थिति रहेको थियो । विजया दशमीको पावन अवसरमा पुजारी श्यामलाल ओलीले पूजा आराधना गरेकाथिए । १०:४३ को टीकाको शुभ साइत आफूभन्दा ठूला मान्यजन जिबलाल घिमिरेको हातबाट साथीहरुलाई टिका लगाई दिँदै शुभकामना दशैँ २०६७ सम्पन्न भएको थियो । शुभकामना दशैँ २०६७ लाई थप मनोरंजन बनाउनको लागि बिभिन्न लोक गीत र डान्स कार्यक्रमको आयोजना गरेर शुभकामना दशैँ मनाइएको थियो ।-योगेन्द्र योगी ‘हिमाल’