११३ मिलियन पाउण्डको चिठ्ठा दावा भएन

११३ मिलियन पाउण्डको चिठ्ठा दावा भएन


लण्डन — ८ अक्टोबर २०१०, शुक्रवारको दिनमा खोलिएको युरोमिलियन चिठ्ठाको पुरस्कार ११३ मिलियन पाउण्ड अहिलेसम्मको सर्वाधिक ज्याकपोट मानिएको छ । तर, यो चिट्ठा परेको व्यक्तिले अहिलेसम्म सम्बन्धित ठाउँमा टिकट बुझाएर आफ्नो पुरस्कार रकम थाप्न नगएकोमा व्यापक हल्ला समाचारहरुमा सम्प्रेषन भईरहेका छन् । कम्तिमा एकहजार जनाले पुरस्कार आफुले प्राप्त गरेको दावी गरेको कुरा लटरी कार्यलायलाई सम्पर्क गरेर सुचित गरेका छन् तर, कसैसंग टिकट नभएकोले सो बृहत रकम च्यारीटीमा जान सक्ने सम्भावना रहेको छ ।

हुन त लटरी नियम अनुसार १८० दिनसम्म लटरीको टिकट बुझाएर दावी गर्न सक्ने प्रावधान छ । यसरी लटरीको प्रथम पुरस्कार लाई लिएर चासो बढेकोले टिकट नम्बर १, ३०, ३५, ३९, ४६ र लक्की स्टार्स ६ र ८ कुन पसलबाट किनेको हो भनेर पत्ता लगाउँदा यो टिकट कोभन्ट्रीको एउटा पसलबाट बेचेको थाह हुन आएको छ । पसलको सुपरभाईजरले आफ्नो कर्मचारीहरुलाई भरसक टिकट कतै पसलका कसैले राखेका त छैनन् भनेर खोजतलास गरिरहेका छन् ।

यस्तै हप्तादिन बितिसक्दा पनि कसैबाट दावी नआएको बेलामा हिजो एकजना ७० वर्षीय महिलाले आफुले लटरी जितेको दावी गर्दै समाचारपत्र बेचनेलाई आफुले नोटबुकमा नोट गरेको टिकट नम्बरहरु नोटबुक लगेर देखाएकी थिईन । समाचारपत्र बिक्रेताले, “ओ माई गाँड लटरी बिजेता तपाई नै हो” भन्दा, महिलाले हत्तार हत्तार, “होईन म बिजेता होईन मेरो पतिले यो टिकट मैला फ्याँक्ने ढ्वाङमा फाली दिएका रहेछन् । मैले घरलाई उल्टाई सुल्टाई घरको चारैचौकस हेरे, चारै कुना खोजे, पतिको पाकेट पनि छामे, तर, टिकेट पाईएन” भनीन् । उनले अघि थपिन्, “म पहिले त पतिले टिकट फालेको मा रिसाएँ, अब म कहिल्यै तपाईलाई टिकट राख्न दिन्न भने, मैले धुईपताल खोज्दा मैला फाल्ने ढ्वाङमा पहिलेको दश पाउण्ड लटरी परेको एउटा टिकट पनि पाएँ, पतिको टिकट फाल्ने बानीले म वाक्क भएँ, तर, के गर्नु पचासवर्ष देखिको मेरो पतिलाई अन्तमा मैले माफ गरेँ आखिरमा मैले उनी संगनै जुनी बिताउने हो,” भनेर समाचारमा सम्प्रेषन गरेका छन् ।

प्रथम पुरस्कार प्राप्त टिकट हराएको सम्भावना बढी हुँदै आएको छ । कोभेन्ट्रीको टिकट बेचेको पसलको फोटो प्रकाशित छ ।

श्रोत — मेट्रो, सुमल, मेस ।