बलि दिने कुरामा झगडा हुँदा १० जना मारिए

बलि दिने कुरामा झगडा हुँदा १० जना मारिए


लण्डन । उत्तर भारतको एउटा मन्दिरमा बोका बलि दिने विषयमा झगडा भएपछि हानथाप हुँदै विवाद चर्किंदै गएपछि मन्दिरको बलि दिने मौला भएको ठाउँमा भागदौड मच्चिएको थियो तथा अस्ति शनिवारको दिनमा कम्तीमा १० जना मानिसहरु मारिनुका साथै कैयौ मान्छे घाइते भएको समाचार प्रकाशमा आएको छ ।
बिहार राज्यको तिलदिहा गाउँको दुर्गा मन्दिरमा देवी दुर्गालाई पूजाप्रार्थना तथा बलि चढाउनको लागि नवदुर्गाको अन्तिम दिनमा चालीस हजारभन्दा बढी श्रद्धालुहरु गएका थिए । बाँका जिल्लाका एकजना प्रवक्ता गुप्तेश्वर कुमारका अनुसार, “भक्तजनहरु लाइन लागेर आ-आफ्नो बलि चढाउने बोकाहरु साथमा लिएर मार हान्ने मौलाअघि मार हान्ने व्यक्तिसँग विवाद र खिचाखिच हुँदा मान्छेहरु टन्न खचाखच भरेको ठाउँमा एक्कासी भागदौड मच्चिएको थियो र धेरै मान्छेहरु कुल्चिन पुगे । भनाभन हुँदा आफ्नो बोकाको बलि पहिले दिनुपर्छ भनेर मार हान्ने मान्छेसँग झगडा गर्दै कराइरहेको अवस्थामा एक्कासी भागदौड मच्चिएर त्यो दुर्घटना घटेको हो” भनेर समाचारदाताहरुलाई बताएका छन् । ४ जना महिला र ६ जना पुरुष मरेका छन् भने ११ जना घाइते भएकाछन् । ती घाइते मध्येका तीनजनाको अवस्था चिन्ताजनक रहेको खबरमा बताएका छन् । ती घाइते भएका मानिसहरुको अस्पतालमा उपचार भइरह्रेको छ । गत शनिवारको दिनमा उक्त मन्दिरमा ३० हजार बोकाहरुलाई बलि चढाएका थिए । मान्छे उभिने ठाउँसम्म नभएको त्यस मन्दिरमा मान्छे खचाखच भरिएको थियो । बाँका जिल्ला बिहारको राजधानी पटनाबाट २०० किलोमिटर दूरीमा अवस्थित छ । श्रोत – याहून्यूज, सुमल, मेस ।