नब्बेहजार भन्दा बढी काउन्सिल घरहरुमा

नब्बेहजार भन्दा बढी काउन्सिल घरहरुमा


लण्डन । बेलायतमा नब्बेहजार भन्दा बढी मानिसहरु हकदारको रुपमा बाबाआमा अथवा परिवारका सदस्यहरुबाट प्राप्त गरेका सहुलियत करवाला काउन्सिल घरहरुमा बसिरहेका छन् भन्ने समाचार सम्बन्धित निकायका अधिकारीहरुले प्रकाश पारेका छन् । तथ्याङ्कले देखाए अनुसार नौ अरब पाउण्ड स्टर्लिङ मूल्य बराबरका काउन्सिल घरहरु ती व्यक्तिहरु ज्सलाई राज्यको तर्फबाट कानूनबमोजिम मदद्तका लागि विभिन्न कारणहरुबाट योग्य ठहर हुँदैनन्, उनीहरुलाई हस्तान्तरण गरेको तथ्य खुलासा भएको छ । काउन्सिल नियमावलीमा एउटा कडीको कारणले गर्दा हकदारको हैसियतले घरधनीको मृत्युपश्चात उत्तराधिकारीले घरमा बस्न पाउने प्रावधान रहेको छ । यसको मतलब काउन्सिल घरहरु एकजना मानिसको जीवनकालभरि मात्र नभई स्थानीय सम्पत्ति प्राधिकारणबाट मञ्जुरी भएको प्रमाणअनुरुप उनीहरुबाट जन्मेका बच्चाहरुलाई समेत लाभान्वित हुनसक्ने प्रावधान रहेको कुरा प्रकाशमा आएको छ । यस विषयमा अहिले मन्त्रीहरुले व्यापक छलफल गरेर काउन्सिल घरहरुको स्वामित्व तथा सम्पत्तिको हिसाबमा अबदेखि रोक लगाउने तैयारी गरिरहेका छन् ।
अहिलेसम्म हकदारवालालाई हस्तान्तरण भइसकेका घरहरुलाई नहटाउने समाचार प्रकाशमा आएको छ । गत हप्ता मिलीजुली सरकारको खर्चबारे हिसाब अवलोकन गर्दा स्थानीय सरकार र सामुदायिक विभागलाई अनुरोध गरिएको स्वतन्त्र सूचना सम्प्रेषणको प्रतिवेदनमा यो आँकडा देखिएको हो । अधिकारीहरुका अनुसार नब्बे हजारको आँकडा कम हुनसक्छ कारण यस आँकडामा हकदारहरुले प्राप्त घरहरु किनबेच गरेका आँकडा समेटिएको छैन भनेका छन् । श्रोत – टेलिग्राफ, सुमल, मेस ।