ललितपुर जिल्ला ब्याडमिन्टन संघको तत्वाधान तथा योङ्गस्टार्स ब्याडमिन्टन क्लबको आयोजनामा नवौं एल कप रनिङशिल्ड ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
नागबहालस्थित आयोजकको कोर्टमा सञ्चालन भैरहेको उक्त प्रतियोगिताको नेपालका लागि भारतिय राजदुत मञ्जित सिंह पुरीले उद्घाटन गरेका थिए ।
यु–१५ ब्वाईज, मेन्स जोडी र भेट्रान्स जोडी गरि तीन विधामा हुने प्रतिस्पर्धामा ब्वाईज तर्फ २७ खेलाडी, मेन्स जोडी तर्फ ५६ जोडी र भेट्रान्स तर्फ १४ जोडीले प्रतिस्पर्धा गर्ने ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुनिल शाक्यले जानकारी गराएका छन् ।
प्रतियोगितामा ब्वाइजतर्फ विजयी खेलाडीहरुले ४ हजार, २ हजार र १ हजार नगद प्राप्त गर्नेछन् । त्यस्तै मेन्स जोडीमा ३० हजार, १५ हजार र ७ हजार ५सय र भेट्रान्स जोडीतर्फ १५ हजार, ८ हजार र ४ हजार प्राप्त गर्ने छन् । कुल पुरस्कारको राशी ९९ हजार रहेको आयोजक क्लबका अध्यक्ष सुमन शाक्यले जनाएका छन् । प्रतियोगिता पुष २९ गते सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया