प्रत्येक वर्ष १८ अरब पाउण्ड सुविधा कटौती

प्रत्येक वर्ष १८ अरब पाउण्ड सुविधा कटौती


लण्डन । हिजो आपरन्ह चान्सेलर जर्ज असबोर्नले सदनमा प्रस्तुत गरेका बजेट प्रतिवेदन बेलायती आर्थिक सुविधा कटौतीको इतिहासमा सबैभन्दा ठूलो कटौती मानिएको छ । सन् १९३०को दशकमा विश्व इतिहासको ठूलो आर्थिकमन्दी, लाखौ मानिसहरु बेरोजगार र दोस्रो विश्वयुद्धले ल्याएको आर्थिक कमजोरीको जिजीविषालाई अर्थविदहरुले ] “The Great Depression” अर्थात विश्व अर्थतन्त्रको ठूलो आर्थिक नैराश्य भनेर औंल्याएका थिए । त्यतिबेलाको आर्थिक आपुर्ति, पुनरसंरचना र विकास कार्यमा दशकौं लागेको थियो । विगत केही वर्षदेखि बेलायतले खेपिरहेको आर्थिकमन्दीलाई मध्येनजर गरी देशलाई आर्थिक टेवा दिनका लागि कन्जर्भेटिव दलका चान्सेलरले हिजो प्रस्तुत गरेको भारी सरकारी बजेटको कटौतीले विपक्षीदलका नेताहरुले विरोध जनाएका छन् ।
नागरिक अधिकारका अभियन्ता जेस्सी ज्याक्सन्, राजनीतिज्ञ टोनीबेन र युनियनका लिडरहरुले अहिले ल्याएको प्रतिवेदनलाई आलोचना गरेका छन् । ह्वाइटहाल र पार्लियामेन्ट स्क्वाएरमा एकहजारभन्दा बढी मानिसहरुले विरोध प्रदर्शन गरेका थिए । यसपालिको बजेटले बेलायतकी रानी एलिजाबेथपनि कटौतीको हिसाबमा अछुतो रहिनन् । उनले पाउँदै आएको सुविधाको १४ प्रतिशतसम्म कटौती रहेको प्रतिवेदनले जनाएको छ । अब आउने चार वर्षभित्र ८१ अरब पाउण्ड बराबरको रकम सरकारको खर्चबाट कटौती गरेर बचाउने र आर्थिक मन्दीलाई उकास्ने लक्ष्य सरकारले बनाएको छ । यस प्रतिवेदनलाई विपक्षीदलका छाया चान्सेलर अलान जोहनसनले विरोध गर्ने क्रममा जनताको जीवनसँग खिलवाड गरेर राजनीतिक जुँवाको दाउ खेलेको आरोप लगाएका छन् ।
पहिले तोकिएको समयअगावै राज्यले दिने पेन्शनको उमेर बढाएर महिला तथा पुरुषहरुको उमेर छिट्टै ६६ वर्ष पुर्‍याउने प्रतिवेदनले जनाएको छ । तर, असबोर्नको अर्को उल्लेखनीय विषय प्रतिवेदनले दिएको विवरणमा खर्च कटौती गरेर, रकम बचत गरी देशलाई सन् २०१४ सालसम्म आर्थिकभारबाट मुक्त गरेर हाल भोगिरहेको सम्भावित आर्थिक नैराश्यतालाई बचाउने अठोट रहेको छ । अहिलेको सरकारी खर्चको कटौतीबाट लगभग ४९० हजार सरकारी कर्मचारीहरु सेवाबाट छुट्कारा हुनेछ भनेर तथ्यांकले देखाएको छ । सन् २०१३ बाट वर्षेनी ४० हजार पाउण्डभन्दा माथि तलब पाउने कर्मचारीहरुको सन्तानभत्ता कटौती गरिनेछ । त्यस्तै काम र अन्य पेन्शन सुविधाहरुबाट पनि कटौती गरिएको छ । रक्षामन्त्रालयको खर्चबाट ३२.९ अरब कटौती गरिएको छ । यस कटौतीबाट ४२००० कर्मचारीहरु प्रभावित हुनेछ अर्थात नौकरीबाट हात धुनुपर्ने प्रतिवेदनले बताएको छ । यातायात क्षेत्रमा कटौतीको साथै सन् २०१२ सालदेखि रेलको भाडामा ३ प्रतिशत बढाउने छ र यसबाट १२.८ अरब बचत गर्ने लक्ष्य राखेको छ र बाँकी बचतहरुमा वातावरण र उर्जा, सञ्चार र खेलकुद, स्थानीय विकास, गृहमन्त्रालयको खर्च र अन्य सबै क्षेत्रको खर्च कटौती गरेर चार वर्षभित्र ८१ अरब पाउण्ड बचाउने प्रतिवेदनले दर्शाएको छ । कतिपय क्षेत्रमा कटौतीको सट्टा थप सुविधा प्रतिवेदनले प्रदान गरेको छ जस्मा स्कुलसम्मको शिक्षा, स्वास्थ्य र विदेश सहयोग खर्चमा भने निकै बढी रकम बढाएको छ । जनवरी २०११ सालदेखि १७ प्रतिशत अहिलेको भ्याट बढेर २० प्रतिशत लागू हुनेछ । यसपालीको बजेट कटौतीमा सबैभन्दा बढी मारमा बच्चा भएको परिवारलाई पर्नगएको समाचारहरुमा उल्ल्ोख गर्न थालेका छन् । प्रतिवेदनको छोटो अंश यहाँ संक्षेपमा मेट्रोबाट साभार ल्याइएको हो । सुमल, मेस ।