गोहीको कारणबाट हवाइजहाज दुर्घटना

गोहीको कारणबाट हवाइजहाज दुर्घटना


लण्डन । एउटा गोहीलाई हवाइजहाजबाट तश्करी गरेर लैजाने क्रममा २६ अगस्त २०१०को दिनमा हवाइजहाज दुर्घटना भएको थियो । त्यस दुर्घटनामा एकजना ब्रिटिश पाइलटसहित त्यस जहाजमा सवार भएका यात्रुहरु र चालकदलका २० जना मानिसहरु मृत्युभएको समाचार प्रकाशमा आएको छ ।
दुर्घटनाको कारण निकै पछिसम्म गरेको अनुसन्धान र हवाइजहाज दुर्घटनाबाट एकजना बच्न सफल भएको व्यक्तिको बयानको अधारमा सही तथ्य हिजो मात्र सम्प्रेषन भएको थियो । सो दुर्घटनाग्रस्त हवाइजहाजको पाइलट बेलायती मूलका ३९ वर्षीय ख्रीश विल्सन् थिए । पाइलट ख्रीश, सर्डिङ्टन, ग्लुसेस्टरसायरका वासिन्दा थिए । उनी कांगोली विमान कम्पनी फिलाएरमा काम गरिरहेका थ्ािए । विमानले कांगोको राजधानी किनसासाबाट बान्दुन्दुको लागि उडान भरेको थियो । यात्रुहरुमध्ये केवल एकजना मानिस बचेका थिए र तश्करी गरी लगेको गोही बचेको थियो । यात्रुहरुमध्ये एकजनाले गोहीलाई तश्करी गरी झोलाभित्र लुकाएर लगेका रहेछन् । जहाजले उडान भरिरहेको बेलामा गोही झोलाभित्रबाट उम्केर भागेको देख्दा यात्रुहरुमा खैलाबैला मच्चियो अनि विमान परिचारिकाहरुको पछि-पछि ककपिटतिर यात्रुहरु लाग्दा हवाइजहाजको सन्तुलन नियन्त्रण नहुँदा जमीनतिर हान्निइँदै एउटा घरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको विवरण जीवित भएका व्यक्तिले दिएका छन् । अनुसन्धानबाट जहाजमा कुनै म्याकनिकल खराबी नभएको थाह लागेको छ । बचेको गोहीलाई पछि दाउजस्तो भारी हतियारले प्रहार गरी मारिएको थियो । श्रोत -मेट्रो, सुमल, मेस ।