मिस यूके नेपाल नविना गुरुङ

मिस यूके नेपाल नविना गुरुङ


फार्नबोरो, यूके । हिजो दुर्इ घण्टा ढिलो शुरु भएको मिस यूके नेपालको प्रतिस्पर्धात्मक कार्यक्रम फार्नबोरो ओकफाम स्कुलको हलमा सम्पन्न भएको छ । लगभग सत्तरी जना अतिथिहरु बोलाइएको सो कार्यक्रममा दर्शकहरु लगभग ७०० जना उपस्थित थिए ।
यूकेका नेपालीहरु विस्तारै सिर्जनशीलतातिर अभिमुख भएको र त्यसमा दूतावासले सँधै हरतरहले साथ दिने प्रतिवद्धता व्यक्त गर्ने राजदूत चालिसे प्रमुख अतिथि र एनआरएन यूकेका अध्यक्ष गुरुङ विशेष अतिथि रहेको सो कार्यक्रमलाई लक्ष्मी राईले सञ्चालन गरेकिथिईन् ।
१३ जना प्रतिस्पर्धीहरु तेजु, मोनिका, निता, नविना, निलम, प्रतिमा, प्रमिला, श्रृष्टि, भावना, सरला, शिला, टिना र छबीमा श्रृष्टि गुरुङ, शिला सवलिम्बू, मोनिका लिम्बू, भावना लिम्बू र नविना गुरुङ टप फाइभमा छानिएका थिए । मे. डम्बर घलेको नेतृत्वमा रहेका ७ जनाका निर्णायक मण्डलीमा शर्मिला बर्देवा, पूर्णिमा गुरुङ, कूल आचार्य, बालकृष्ण गुरुङ, निना गुरुङ तथा फत्ता थापाले माथि उल्लेखित सहभागीहरुलाई टप फाइभमा छानेका थिए भने सेकेण्ड रनरअपमा मोनिका लिम्बूलाई पुरस्कार ३०० पाउण्डलाई फर्स्ट रनरअप शिला श्रद्धा लिम्बू, पुरस्कार ५०० पाउण्ड र विनर नविना गुरुङलाई पुरस्कार ८०० पाउण्ड दिइएको थियो । प्रथम हुने नविनाको ८०० पाउण्डको प्रायोजन वाईवीसी क्लिनिङ कम्पनीले गरेको थियो ।
प्रतिव्यक्ति १२ पाउण्ड टिकट लगाइएको सो कार्यक्रम मध्य रातमा समाप्त भएको थियो । स्थानीय युवाहरुबाट विभिन्न व्यक्तिहरुले नृत्यहरुको प्रदर्शन गरेका थिए । एैतिहासिक भनाइएको सो सुन्दरी प्रतियोगिताका विजय हासिल गर्नेहरुलाई कुनै प्रकारका सुविधा तथा अवसरहरुसहित अनुवन्धमा कुनै पनि लाइनमा राख्न आफूहरु असमर्थ रहेको सञ्चालनको क्रममा सञ्चालिकाले बताएकिथिईन् । प्रथालाई सञ्चालन गरिसकेपछि त्यसलाई सुचारु दिनु अत्यन्तै जरुरी हुने र टाइटलको महत्वलाई जोगाउनका लागि विशेष केही नगरे यो आयोजकहरुको आफ्नै दुनो सोझ्याउने दाउ मात्र हुनेछ भन्ने सहभागी दर्शकहरुको चर्चा रहेको थियो । माथिको कार्यक्रमलाई शान्ति गुरुङ र सब्रिना श्रेष्ठले आयोजना गरेका हुन् ।
-याम तमु, मेस, तस्वीरसहित
बाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।