करिब सय वर्षअघिदेखि नुवाकोटको तारुकामा माघे संक्रान्तिका दिन वर्षेनी आयोजना हुँदै आएको गोरू जुधाउने जात्राबारे ‘गोरु जुधाई मेला’ नामक वृत्तचित्र निर्माण गरिएको छ । सामुदायिक सेवा केन्द्र, नुवाकोटद्वारा निर्मित सो वृत्तचित्रको निर्देशन शशी लुमुम्बू र श्रीराम श्रेष्ठले संयुक्त रूपमा गरेका छन् ।
अशोककुमार बस्नेत डाइरेक्टर अफ फोटोग्राफ्री रहेको वृत्तचित्रमा गणेश हुमागाईं र कन्चन पोखरेलको छायाँकन रहेको छ भने रविन्द्र बरालले ड्रोन परिचालन गरेका छन् । बृत्तचित्रको लेखन शशी लुमुम्बूको रहेको छ । ३० मिनेट समयावधिको उक्त बृत्तचित्रमा गोरु जुधाई जात्राको सुरुवात, ऐतिहासिक पक्ष, जात्रा आयोजना, गोरु जुधाउने विधि र प्रकियाका जानकारी दिनुका साथै गोरु जुधाईको रोचक दृश्य देख्न सकिने निर्देशक लुमुम्बूले बताए ।
अर्का निर्देशक श्रेष्ठका अनुसार स्पेनको बुलफाइटको झझल्को दिने यस गोरु जुधाई जात्रा तथा मेला तारुकाको मात्रै नभएर नेपालकै ऐतिहासिक र मौलिक परम्परा हो । उक्त मेलाको संरक्षण र जगेर्नामा टेवा पु¥याई पर्यटन प्रवद्र्धनका लागि सहयोग पु¥याउने उद्देश्यले बृत्तचित्र निर्माण गरिएको हो । बृत्तचित्र गोरु जुधाउने जात्राको अवसर पारेर सार्वजनिक प्रदर्शन गरिने जानकारी श्रेष्ठले गराएका छन् ।

प्रतिक्रिया