बालविकास कोटामा भ्रष्टाचार

बालविकास कोटामा भ्रष्टाचार


जनकपुरधाम/ सामुदायिक विद्यालयहरुमा दिइएको बालविकास कोटामा व्यापक भ्रष्टाचार भएको बुझिएको छ । उक्त कोटामा रु. १ लाख ५० हजारसम्मको भ्रष्टाचार भइरहेको स्रोतले जनाएको छ । केही भ्रष्ट प्रवृत्तिका शिक्षक र व्यवस्थापन समितिको मिलोमतोमा भ्रष्टाचार मौलिएको श्रोतको भनाई रहेको छ ।

उक्त कोटामा काम गर्ने महिलाले अहिलेको तलबमान अनुसार मासिक रु. ६ हजारसम्म तलब हुने भन्दै रकम असुल गर्ने गरेको छ । यसमा शिक्षा कार्यालयको संलग्नता रहेको समेत बताइन्छ । यसरी रकमको चलखेलबाट शिक्षिका छनोट हुनुले रकम भएकाहरूको बाहुल्यता सो कोटामा रहने र काम पनि भरपर्दो नहुने सर्वसाधारणको गुनासो रहेको छ । सामुदायिक विद्यालयको शैक्षिक अवस्थामा सुधार नहुनुमा मुख्य कारण भ्रष्टाचारीहरूको चलखेल नै हो ।

यसरी भ्रष्टाचारीहरूकै कारण उक्त विद्यालयमा शिक्षक भर्नामा योग्यताभन्दा नगदलाई प्राथमिकता दिइएको छ । हालमा धनुषा जिल्लामा शिशु कक्षाको संख्या शुन्य नै रहेको छ । तर विनाअनुगमन बालविकास कोटा दिइएको छ । यस दिइएको कोटाका कारण सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्कँदै गएको छ । वर्तमानमा सामुदायिक विद्यालयहरूमा बच्चाहरूको सङ्ख्या कति छन् अनुगमन नगरी भन्न सकिन्न ।
– राम भरत साह