जयनगर-जनकपुर-बर्दिबास ब्रोडगेज रेल-वे निर्माण : गुणस्तरहीन सामग्रीको प्रयोग भएको गुनासो

जयनगर-जनकपुर-बर्दिबास ब्रोडगेज रेल-वे निर्माण : गुणस्तरहीन सामग्रीको प्रयोग भएको गुनासो


भारतको जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको ब्रोडगेज रेल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको तथ्य सार्बजनिक भएको छ । निर्माणमा कमसल सामाग्री प्रयोग भएपनि सरोेकारवाला निकाय भने मौन बसेका छन् ।

भारत सरकारको पूर्ण आर्थिक सहयोगमा जयनगरदेखि जनकपुर हुँदै बर्दिबाससम्मको ब्रोडगेज रेल-वे निर्माणको काम दुई वटा ठेक्केदार कम्पनीले पाएका छन् । नेपाल सरकारले सन् २०१७ जुन सम्ममा जयनगर—जनकपुरसम्म रेल सञ्चालन गर्ने लक्ष्य लिएपनि रेल्वे विभागको कमजोरीका कारण अझै संचालनमा ल्याउन सकिएको छैन् । रेल निर्माणमा अनुगमन तथा नियमित अनुगमन नहुँदा र सरोकार निकायको प्रभावकारी उपस्थिती नहुँदा ठेकेदारसंग मिलोमतो भएको प्रष्ट रुपमा देखिएको स्थानियहरु बताउँछन् ।

रेलको स्टेशन भवन, कर्मचारी आवास, पलेट फर्म, लिक, माटो पुर्ने काम, ब्यांकेटिंग, लिक निर्माण, पर्खाल तथा कलभर्टमा कमसल सामग्रीको प्रयोग भईरहेको निर्माणमा संलग्न मजदुरहरु नै बताउँछन् । रेल निर्माणको क्रममा कहिले काँही रेल विभागले अनुगमन गरेपनि खासै प्रभावकारी हुन नसकेको आरोप छ ।

रेल अन्तर्गत जयनगर, इनरुवा, खजुरी, महिनाथपुर, वैदेही, देउरीपरवाहा, जनकपुर, कुर्था, खुट्टापिपराढी, लोहरपट्टी, सिंग्याही, भगंहा गरी १२ स्थामा स्टेशन भवन, कर्मचारी आवास, पलेट फर्म निर्माण भईरहेको छ । तर उक्त निर्माणमा सम्झौता विपरित दुई नम्बर ईट्टा र सिमेन्टको मात्र निकै कम रहेको मजदुहरुनै बताउँछन् । भारत सरकारको ५ अर्ब ४८ करोड रुपैयाँको लगानीमा जयनगरदेखि बर्दिबाससम्म ७४ किलोमिटरमा ब्रोडगेज रेल सेवा विस्तार गर्ने कार्यक्रम रहेको छ । निर्माणाधिन व्रोडगेज रेलको आर्थिक तथा अनुगमन गर्ने जिम्मेवारी भारत सरकारले इरकण इन्टरनेश्नल कम्प्नीलाई जिम्मा दिएको नेपाल रेल्वे जनकपुरका इन्जिनियर तथा साईट प्रमुख विनोदकुमार ओझाले जानकारी दिए । उनले जग्गा अधिग्रहण र मुआब्जा वितरण गर्ने जिम्मेवारी बाहेक अन्य कामको जिम्मेवारी आफ्नो नरहेको बताएका छन् ।

निर्माणको क्रममा जयनगरदेखि जनकपुरको कपिलेश्वरसम्मको २७ किलोमिटरको निर्माण भारतको नायक इन्फ्राष्ट्रक्चर प्रालिले गरिरहेको छ । जनकपुरको कपिलेश्वरदेखि महोत्तरीको भंगहासम्मको २२ किलोमिटरको काम नेपाली कम्पनी कालिका रमण जेभीले गरिरहेको छ ।