स्वयम्भू सानो भऱ्याङस्थित हिमाल मेनपावरले चर्काेरकम असुलेर वर्षाैदेखि पोर्चुगल (युरोप)मा मानवतस्करी गर्दै आइरहेको अवस्थामा पछिल्लो समय आफ्नो धन्दा छताछुल्ल हुने र वैदेशिक रोजगार विभाग तथा राजश्व अनुसन्धान विभागले समेत निगरानी गरिरहेको चाल पाएपछि पोर्चुगल पठाउने मान्छेका लागि सम्पर्क कार्यालय नै परिवर्तन गरेको छ ।
हिमाल मेनपावरका रामवरण उप्रेती र सन्दिप अधिकारीले पोर्चुगल जान इच्छुक भई आफ्नो सम्पर्कमा रहेका व्यक्तिसँग प्रतिव्यक्ति १५ लाख सम्म असुलेर पाटनढोकामा अर्काे सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन् । नयाँ सम्पर्क कार्यालयमार्फत डकुमेन्ट बनाउने र राहदानी संकलन गर्ने काम शुरु भएको बुझिएको छ । यसका लागि कुनै भाष्कर नाका व्यक्तिलाई मोहरा बनाइएको छ ।
वैदेशिक रोजगार विभागबाट स्वीकृति नलिइकन विचौलियामार्फत् पोर्चुगल पठाउँदै आएको हिमाल मेनपावर कम्पनीले दिल्लीबाट सेटीङ गरेर कामदार उडाउने गर्छ । नेपालको एअरपोर्ट प्रयोग गर्न श्रम स्वीकृति चाहिने र पासपोर्टमै स्टीकर लगाइने भएकाले दिल्लीबाट उडाउने गरिएको बताइन्छ ।
अवैधानीक ढंगबाट मोटो रकम असुलेर कामदार पठाउँदै आएको हल्ला चलेपछि वैदेशिक रोजगार विभाग र राजश्व अनुसन्धान विभाग चनाखो बनेको हो । त्यो जानकारी पाएकै कारण पोर्चुगलको धन्दा जारी राख्न भूमिगत रुपमा नयाँ कार्यालय सञ्चालनमा ल्याइएको हो ।
नयाँ जाने मान्छेसँग कति लाग्छ भन्ने कुनै बोली नफुत्क्याउने तर कन्ट्याक्टमा रहेकाहरुलाई १५ लाख बुझाउन पर्ने बताइएको छ । हाल १ लाख जम्मा गर्नु पर्ने र दिल्लीस्थित पोर्चुगलको एम्वेसीमा अन्तर्वार्ता दिन जानु अघि ५० हजार बुझाउनु पर्ने बताइएको पाटनमा आफ्नो राहदानी बुझाएका व्यक्तिले बताए ।
सानो भऱ्याङको हिमाल मेनपावरले चर्काे रकम असुलेर पोर्चुगल पठाएको भन्ने उजुरी वैदेशिक रोजगार विभागमा परेको र त्यहाँबाट गोप्य रुपमा छानविन भइरहेको अवस्थामा मानवतस्करीमा संलग्न उप्रेती र अधिकारीले पाटनढोकाबाट भूमिगत शैलीमा पोर्चुगल पठाउने कामदार जम्मा गर्न थालेका छन् । हिमाल मेनपावरले लगभग पाँच सय व्यक्तिबाट १ लाखका दरले रकम असुलेर महिनौदेखि पोर्चुगल जान इच्छुक व्यक्तिलाई अलमल्याइरहेको छ । लामो समयदेखि यूरोप जाने सपना पालेर अलमलमा परिरहेकाहरुले दिनहुँ के हुँदैछ भनेर सोध्न आउने भएकाले रामवरण र सन्दिपकै योजनामा पाटनढोकामा नयाँ सम्पर्क कार्यालय खोलिएको हो ।
यता, सानो भऱ्याङकै हिमाल मेनपावरले अर्काे रणनीति खेल्न थालेको छ । पोर्चुगल पठाउने भन्दै सयौँ जनासँग रकम उठाएर अलमल पारिरहेका बेला महँगो रकम उठाएर क्यानडा पठाउने नाममा धमाधम अन्तर्वार्ता गरिरहेको छ । शनिबार सानो भ¥याङमा झण्डै दुई सय बढीले अन्तर्वार्ता दिएको अन्तर्वार्तामा सहभागीले बताए ।
पोर्चुगलका नाममा करोडौँ असुलिरहेको हिमालले क्यानडाका नाममा कति असुल्ने हो त्यो भने हेर्नै बाँकी छ । जानकारीमा आएअनुसार रामवरण उप्रेतीले सयौँ जनासँग करोडौँ असुलेका छन् । महाराजगन्जमा अर्काे उनको पनि भूमिगत मेनपावर कार्यालय रहेको जानकारी प्राप्त भएको छ ।
प्रतिक्रिया