संखुवासभामा जीप दुर्घटना, ५ जनाको मृत्यु

संखुवासभामा जीप दुर्घटना, ५ जनाको मृत्यु


संखुवासभामा जीप दुर्घटनामा भएको छ । मकालु ३ समाटार भन्ने स्थानमा बा ५ च १३०९ नम्बरको जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको हो ।

खाँदबारीबाट भोटखोला गाउँपालिका हटियादोभानका लागि छुटेको जीप पाथीभरा र हटियाको बीचमा पर्ने धर्मद्वारको भीरबाट झण्डै तीन सय मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

दुर्घटनामा मकालु गाउँपालिका अध्यक्ष खड्ग कटुवालको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

स्थानीय तह निर्वाचनमा कटुवाल नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । दुर्घटनामा मृतकहरुमध्ये कटुवाल र अर्का सुरेश राईको मात्र सनाखत भएको छ ।

दुर्घटनाको थप विवरण आउन बाँकी छ ।