दुई ठूला नेता बसेर बनाए यातायात व्यवसायीहरूको साझा उम्मेदवार

दुई ठूला नेता बसेर बनाए यातायात व्यवसायीहरूको साझा उम्मेदवार


देशका पेशागत एवम् व्यवसायिक सङ्घ–संस्थाहरू समेत पार्टीकरण भइरहेका बेला यातायात व्यवसायीहरू भने ‘एक’ भएर अगाडि बढ्ने भएका छन् । माघ १७, १८ र १९ गते हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको महाधिवेशनमा वामपन्थी र लोकतान्त्रिक पक्षले संयुक्त प्यानल बनाउने निर्णय गरेपछि एकताको स्थिति बनेको हो ।

एमाले नेता मुकुन्द न्यौपाने र माओवादी नेता लेखराज भट्टको विशेष उपस्थितिमा आज (पौष ३० गते) काठमाडौंमा सम्पन्न नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठन, गणतान्त्रिक यातायात व्यवसायी सङ्गठन, गणतान्त्रिक यातायात व्यवसायी सङ्घ र यातायात काङ्ग्रेसको संयुक्त बैठकले तीनवटै पक्षको साझा उम्मेदवारहरूको टुङ्गो लगाएको छ ।

निर्णयअनुसार महासङ्घको अध्यक्षमा डोलनाथ खनाल, वरिष्ठ उपाध्यक्षद्वयमा दीपक अधिकारी र भरत तिमिल्सिना, उपाध्यक्षहरूमा मीनबहादुर मानन्धर, जीतबहादुर भारती र शरद अधिकारी, मालवाहक उपाध्यक्षमा यादवलाल श्रेष्ठ, महासचिवमा पुण्यप्रसाद सिटौला (सरोज), उपमहासचिवद्वयमा देवनाथ गौतम र वसन्त भण्डारी, कोषाध्यक्षमा हेमेन्द्र शेरचन तथा सह–कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, पर्यटकीय तर्फबाट वर्गीय संयोजक पुरुषोत्तम सिंखडालाई उम्मेदवार बनाइने भएको छ ।

श्रीप्रसाद मैनालीको अध्यक्षतामा भएको बैठकमा एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने प्रमुख अतिथि तथा माओवादी स्थायी कमिटी सदस्य लेखराज भट्ट विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।

बैठकमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सङ्गठनका पदाधिकारीहरू हेमेन्द्र शेरचन, देवनाथ गौतम, भरत तिमिल्सिना र केदार क्षेत्री, गणतान्त्रिक यातायात व्यवसायी सङ्घका दधिराम खरेल, डोलनाथ खनाल, पुण्यप्रसाद सिटौला (सरोज) र राजेन्द्र शर्मा तथा यातायात काङ्ग्रेसका तर्फबाट खगेश्वर बोहोरा, चोपनारायण श्रेष्ठ, शरद अधिकारी र पूर्णबहादुर केसीको सहभागिता थियो ।

वामपन्थी र लोकतान्त्रिक यातायात व्यवसायहिरूको एकताले सकारात्मक परिणाम हासिल गर्ने विश्वास सम्बद्ध पक्षले गरेका छन् ।