ल्होछार गाउँखेल सांगीतिक मेला सम्पन्न

ल्होछार गाउँखेल सांगीतिक मेला सम्पन्न


सोनाम ल्होछार तथा गाउँखेत सांगीतिक मेला २०७४ सम्पन्न भएको छ ।

सोमबार दोलखा मेलुङ गाउँपालिका ६ का वडाध्यक्ष कुसुम लामाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली काँग्रेस महासमिति सदस्य एवं प्रदेश १ प्रत्यासी उम्मेदवार बर्मा लामा रहेका थिए ।

लामाले साँस्कृतिक पहिचानलाई जोगाउँदै विकास र समृद्धिको लागि अविचलित नहुन सबैलाई आग्रह गर्दै आफू पनि लाग्ने बताए ।

गाउँखेत पुजास्थल संरक्षण समाजको आयोजनामा भएको उक्त कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरूले बेजोड सांस्कृतिक प्रस्तुति दिएका थिए ।

कलाकारहरूमा सिद्धार्थ कला केन्द्र जोरपाटीका प्रोप्राइटर एवं नृत्य निर्देशक बुद्ध लामा, गायकहरु निरज लामा, निमा दोङ र आस्मान लोप्चन, हास्य कलाकार बले लामा, नृत्याङ्गनाहरु सरला सापकोटा, सिर्जना मोक्तान र अनु थापा र स्थानीय कलाकारहरु रुविना लामा, श्याम तामाङ, मिनु तामाङ, म्हेन्दो लामा, नन्दबहादुर तामाङ , निशा घिसिङ, मनिषा सिलवाल, अनिश सिलवाल, धनुष काफ्ले लगायतले आ(आफ्नो प्रस्तुति दिएका छन् ।

समाजको संयोजक चन्द्रवीर तामाङले सञ्चालन एवं डाँडाखर्क नेका सभापति नारायण बहादुर मगरले स्वागत गरिएको उक्त कार्यक्रममा अतिथिहरु नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य चम्पा तामाङ, दानबहादुर तामाङ, नेका जिल्ला सदस्य रुपलाल तामाङ, वडासचिव अर्जुन थापा लगायतले गाउँखेत लक्ष्मण बाजे मन्दिरको संरक्षणमा लाग्ने प्रतिबद्धता जनाए ।

स्मरण रहोस, करिब २५ पुस्तादेखि उक्त मन्दिरमा रहेको लक्ष्मण बाजे देउताले सबैको मनोकांक्षा पुग्ने आस्थाले भक्तजनहरुले माघ १ गते पुजा गर्दै आइरहेका छन् । सोही मन्दिरमा स्थापनाकालदेखि तामाङ समुदायको थोकर बंश मात्रै पुजारी रहिआएको छ ।

यस मन्दिरमा दोलखा अलावा नजिकैको जिल्लाहरु सिन्धुपाल्चोक, रामेछाप, काभ्रे, मकवानपुर लगायतबाट भक्तजनहरूको घुइँचो लाग्ने गरेका छन् । अन्तरिक तथा बाह्य पर्यटकहरूको सम्भावना रहेको गाउँखेत पूजा स्थललाई संरक्षरण र सम्बर्द्धन गर्न जरूरी देखिन्छ ।-अर्जुनबहादुर तामाङ