बुटवलमा दीप प्रज्वलन दाङमा आन्दोलन

बुटवलमा दीप प्रज्वलन दाङमा आन्दोलन


सरकारले प्रदेश नम्बर ५ को अस्थायी केन्द्र बुटवल तोकेको खुशीयालीमा विभिन्न राजनीतिक दलहरूले बुटवलमा दीप प्रज्वलन गरेका छन् ।

नेपाली कांङ्ग्रेस, नेकपा एमालेलगायत लहरूका अलावा विभिन्न व्यवसायिक सङ्घ–संस्थाहरूले पनि दीप प्रज्ज्वलन गर्दै खुशीयाली मनाएका हुन् । नेपाली कांङ्ग्रेसले बुटवलको मिडियाचोकमा दीप प्रज्ज्वलन गरी कांङ्ग्रेस नेतृत्वको सरकारले रुपन्देहीलाई नै अस्थायी राजधानी तोकेर लुम्बिनी अञ्चलका जनताको भावना बुझेको जनाएको छ ।

कांङ्ग्रेसका क्षेत्रिय सभापति हरि लम्सालले विगतमा आफुहरूले राजधानीका लागि रुपन्देही उपयुक्त भएको भन्दै जनदवाव सिर्जना गरेको भन्दै खुशीयालीमा सहभागी हुन आग्रह गर्नुभयो । नेपाली कांङ्ग्रेसका बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले कांङ्ग्रेसले जे बोल्यो त्यो पूरा गरेको भन्दै बुटवललाई स्थायी तवरले नै राजधानी बनाउनका लागि आफ्हरू क्रियाशील रहने बताए ।

यस्तै नेकपा एमालले पनि खुशीयालीसहित दीप प्रज्ज्वलन गरेको छ । कांङ्ग्रेस नेतृत्वको सरकारले रुपन्देहीलाई नै प्रदेशको राजधानी तोकेकोमा खुशीयाली व्यक्त गर्दै दीप प्रज्ज्वलन गरिएको एमाले प्रचार संंयोजक तेजेन्द्र केसीले बताए । उता दाङमा भने प्रदेश राजधानी रुपन्देहीमा बनाइएको भन्दै अन्दोलन शुरु भएको छ ।

– चन्द्रकान्त खनाल