माघ २४ मा हुने राष्ट्रियसभा निर्बाचनको छलफलका लागि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने बताइएको छ । दुबै तहको निर्बाचन पछि पहिलोपटक कांग्रेसले केन्द्रीय समिति बैठक डाकेको हो ।
बैठकमा राष्ट्रियसभा निर्बाचनको तयारी, विगतमा भएको प्रदेश तथा प्रतिनिधी सभाको निर्बाचन तथा अन्य विविध विषयमा छलफल गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनका अनुसार बैठक बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ । निर्वाचनपछि पार्टीमा केन्द्रीय कार्यसम्पादन र संसदीय समिति विघटन गर्नुपर्ने, संगठन सुदृढीकरणका लागि विभाग गठन र केन्द्रीय समितिलाई पूर्णता, भ्रातृ संस्थालाई पूर्णता एवं प्रभावकारी परिचालनको माग उठिरहेको विषयमा पनि बैठक छलफल हुने बताइएको छ ।
प्रतिक्रिया