सङ्घीय संसद निर्माण प्रक्रियाले पूर्णता नपाउँदा नयाँ सरकार गठनमा विलम्ब हुनु पुगेको छ भने प्रदेशका अस्थायी केन्द्रसम्बन्धी विवादले मुलुकलाई फेरि आन्दोलित तुल्याएको छ । तथापि, सरकारले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेलगत्तै निर्वाचन आयोगले आफ्नो कामलाई तीव्रता दिएको छ ।
हिजो बुधबार ढिलो गरी सरकारले प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोकेलगत्तै हिजै साँझ सातै प्रदेशका समानुपातिक सांसदको नामावली प्रकाशित गरेर चुस्तता प्रदर्शन गरेको आयोगले राजनीतिक दलहरूको ढिलाइकै कारण राष्ट्रिय सभाको निर्वाचनलगायतका निर्वाचनसम्बन्धी प्रक्रियामा अवरोध पुगेको पुष्ट्याइँ गरिदिएको छ ।
समानुपातिक तर्फबाट प्रदेशसभाका सांसद बनेका विभिन्न दलका प्रदेश सांसदहरूको विवरण यसप्रकार रहेको छ–

प्रतिक्रिया