नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा महासमिति बैठक डाक्न नेताहरुले माग गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बालुवाटारमा सुरु भएको बैठकमा बोल्ने नेताहरुले कांग्रेस महासमिति बैठक डाक्न माग गरेका हुन् ।
आजको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, चन्द्र भण्डारी, कल्याण गुरुङलगायत सात जनाले आफ्नो भनाइ राखिसकेका छन् ।
बैठकमा नेताहरुले युवा नेताहरुले महासमिति बैठक बोलाउन माग गर्दै कांग्रेसको रुपान्तरण, प्रदेश सभाको अस्थायी राजधानीबारे असन्तुष्टि व्यक्त गरेका थिए । कांग्रेस बैठकमा विधान संशोधन गर्ने विषय पनि उठेको जनाइएको छ ।
प्रधानमन्त्री देउवाले कांग्रेस चुनावी समीक्षा एवं अन्यविषयमा गम्भीर छलफल आवश्यक रहेको बताउँदै चरणबद्ध रुपमा छलफल गर्न आफू तयार रहेको बताएका थिए ।
प्रतिक्रिया