सडकपेटीमा बिछ्याइयो माटोको डल्लो भन्दा कमजोर टायल

सडकपेटीमा बिछ्याइयो माटोको डल्लो भन्दा कमजोर टायल


रुपन्देहीको सदरमुकाम भैरहवामा सिक्सलेन सडक बनाउने जिम्मा पाएको कालिका तामाङ प्यासेफीकले सडक निर्माण गर्ने क्रममा गुणस्तरहीन कार्य गरेको छ । एक ठाउँको सडकको माटो अर्को सडकमा उठाएर राख्ने गरेको छ भने अहिले सडकपेटीमा बिछाइएका टायल जो कोहीले माटोको डल्लोजस्तै सजिलै हातले भाँच्न सकिन्छ ।

सन् २०१४ जुन १६ मा ठेक्का सम्झौता गरेका कालिका तामाङ प्यासेफिक जेभीले २०१६ जुलाई १६ मा ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गर्नुपर्ने थियो । समयमै काम गर्न नसक्ने अनि विभिन्न बहाना बनाएर म्याद थपका लागि कागजात पेश गर्न पल्किएको कालिका तामाङ जेभीले २०७२ असोज २१ मा १२० दिनका लागि थप म्याद पायो ।

त्यसपछि २०७२ माघ ६ गते ८४ दिनको म्याद थम्यो । पेश गरेको कागजात र अवस्थाको आकलन गर्दै पुनः तेस्रो पटक १८२ दिनका लागि म्याद थप भयो जसअनुसार सन् २०१७ अगस्त ३ मा १८२ दिनको थप म्याद पनि सकियो । र, फेरि चाथो पटकको म्याद थप गरि काम गर्दै छ तर त्यो सम्झौता पनि सिकिनै लाग्यो काममा भने कछुवाकै गति छ ।

ठेक्का सम्झौतामा माटोमा धुलो उड्न नदिनको लागि पानी हाल्ने भनिएको छ तर नगरपालिकाभित्रै धुलो उडाउने उही कम्पनी हो । डण्डा नदी आसपासको बाटो बनाउँदा अञ्चलपुरको सडक खनेर माटो बोक्छ भने अञ्चलपुरको सडकमा डण्डा नदी आसपासको माटो ल्याएर सडक निर्माण गरेको छ । सम्बन्धित निकायले कामको निगरानी नगर्ने र पटक पटक म्याद थपि दिँदा गुणस्तरहीन कार्य भैरहेको छ, नगर भित्रको गुणस्तरहीन कार्यले नगरबासीलाई नै सास्ती हो ।

– पुनहरि बेल्बासे