नेवि सङ्घले जलायो देउवाको पुत्ला

नेवि सङ्घले जलायो देउवाको पुत्ला


दाङको तुलसीपुरमा नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन कार्य भएको छ । दाङलाई प्रवेश नम्बर ५ को राजधानी बनाउन भइरहेको आन्दोलनका क्रममा नेवि सङ्घ क्षेत्र नम्बर ४ का सभापति एकराज खड्काको नेतृत्वमा निस्किएको जुलुसले नगर परिक्रमा गरेपछि तुलसीपुरमा प्रधानमन्त्री देउवाको पुतला जलाइएको हो ।

नेवि सङ्घ क्षेत्र नम्बर ५ का सभापतिको पनि उक्त कार्यक्रममा सक्रिय सहभागिता रहेको थियो । पुतला दहन कार्यक्रमपछि तुलसीपुरको मूख्य ब्यापारिक क्षेत्रमा भव्य सभाको आयोजना गरेको थियो । सभामा एकराज खड्कासहितका वक्ताहरूले दाङलाई राजधानी नबनाइएसम्म आन्दोलन नरोकिने दृढता प्रकट गरेका छन् ।