सल्यानमा यसरी मेटियो राप्रपाको अस्तित्व

सल्यानमा यसरी मेटियो राप्रपाको अस्तित्व


चुनावबाट करिव करिव बढारिएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीको सल्यान जिल्ला कमिटी एमालेमा विलय भएको छ । एमाले सल्यानका अध्यक्ष गोविन्द पुनले राप्रपा सल्यानका नेता तथा कार्यकर्ताहरुलाई आज आयोजित एक कार्यक्रमबीच एमालेमा स्वागत गर्दै राप्रपाका नेता तथा कार्यकर्तालाई यथोचित व्यवस्थापन गरिने आस्वासन दिए ।

सल्यानको सदरमुकाम खलंगास्थित एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा राप्रपाबाट सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला समिति अध्यक्ष मनोजकुमार सिंहसहित जिल्ला समिति एमालेमा विलय भएको जानकारी दिइयो ।

राप्रपाबाट एमालेमा बिलय भएका कार्यकर्ताहरुले आफ्नो पार्टीले उठाएको हिन्दू राज्यको माग जायज नभएको जनमतले प्रमाणित गरिदिएको तर्क प्रस्तुत गरेका थिए । अब राप्रपाको नारा र झण्डा लिएर कार्यकर्ताबीच जाने अवस्था नरहेको उनीहरुको भनाई थियो । यस अवस्थामा जल्दोबल्दो पार्टी एमालेमै गएर राजनीतिक क्रियाकलापमा संलग्न हुने निर्णय गरिएको उनीहरुले बताए ।