नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अहिले ११ बजे बस्ने

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक अहिले ११ बजे बस्ने


नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ । राष्ट्रियसभा निर्वाचनको रणनीति बनाउनका लागि केन्दद्रीय समिति बस्न लागेको हो ।

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको अधिकतम सिट हासिलका लागि रणनीति बनाएर अघि बढ्ने जनाएको छ ।

बैठकले राष्ट्रियसभाको निर्वाचनमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे बहस चलाएको हो ।