ज्ञान र प्रेमका सन्तुलित व्यक्तित्व :प्रजापिता ब्रह्माबाबा

ज्ञान र प्रेमका सन्तुलित व्यक्तित्व :प्रजापिता ब्रह्माबाबा


-ब्रह्माकुमार रामसिंह ऐर
प्रजापिता ब्रह्माकुमार ईश्वरीय विश्वविद्यालयका संस्थापक प्रजापिता ब्रह्मा बाबा त्यागी, तपस्वी, महान् गुण, उच्च चेतना, उदार चित्त र विशाल हृदय आदि बहुआयामिक प्रतिभाका धनी हुनुहुन्थ्यो । त्यसमध्ये पनि उहाँको जीवनमा देखिएको ज्ञान र प्रेमको अनुपम सन्तुलन सबैका लागि अनुकरणीय र प्रेरणादायी थियो । यी दुवै गुणको समानुपातिक प्रयोगबाट ब्रह्माबाबाले हजारौँ-लाखौँ नरनारीको जीवनमा सकारात्मक परिवर्तन ल्याई स्वच्छ समाज निर्माण गर्न यस विशाल अन्तर्राष्ट्रिय संस्थाको सुसङ्गठन गर्न सफल हुनुभयो ।
वास्तवमा ज्ञानको प्रकाश भएमा मात्र मानिसको जीवनबाट अज्ञान अन्धकारको अन्त्य हुन्छ । जसबाट मानिसको सोच, समझ, दृष्टिकोण र मान्यतामा नयाँ मोड आउने गर्छ । अर्थात् ज्ञानको प्रकाशबाट नै मानिसको सोचको क्षितिज व्यापक र विशाल हुन गई उसमा रहेको सङ्कुचित घेरा र आफ्नैअनुसार निर्माण गरेको क्षेत्र -ऋomायचतबदभि शयलभ० समाप्त हुन्छ । यसबाट व्यक्तिमा आफ्ना सीमित घेरा रेखालाई तोड्ने र परिवर्तन गर्ने क्षमता र शक्तिको विकास हुन्छ । ज्ञानको उद्देश्य नै हुन्छ मानिसको जीवनलाई सबल, सक्षम, स्वअनुशासित, इमानदार, कर्मठ र पवित्र बनाउन । ज्ञान केवल दार्शनिक हिसाबकिताबले सुन्ने सुनाउने रूपमा मात्रै नभएर ज्ञानले दिशानिर्देश गरेका जीवनपयोगी तात्विक पक्षलाई जीवनरूपी दर्शनमा धारण गर्नु, व्यवहार र कर्ममा प्रयोग गर्नु, शान्त, सौम्य, सुसंस्कारित व्यक्तित्वको विकास गर्नु । जसबाट मानिसले स्वीकार गरून् कि हो यो व्यक्ति साँच्चै ने ज्ञानी, समझदार र महान् छ । स्नेही र सहयोगी छ । प्रजापिता ब्रह्मा बाबाका ज्ञानका बिन्दुमा जीवनलाई ज्ञानको वास्तविक धरातलमा उभ्याउने र त्यसका लागि उमङ्ग र उत्साह दिने अन्तरप्रेरणा रहने गर्दथ्यो । ज्ञानको प्रकाशले मानिसभित्र गुण र मूल्य -खष्चतगभक ७ खबगिभक) को स्वाभाविक विकास हुनुपर्छ । किनकि, ज्ञानको उपलब्धि नै हो मानिसको जीवनलाई गुणमोतीको शृङ्गारले सजाउनु ।
ज्ञानका मेधावी ज्ञाता, मननचिन्तनमा तल्लीन रहेर नयाँनयाँ सोच र युक्तिको खोज गर्न सक्ने खुबी भएका ब्रह्मा बाबामा त्यसको रत्तिभर पनि घमण्ड भने थिएन । उहाँ जहिले पनि फलेर झुकेको वृक्षसमान रहनुभयो । यो उहाँको महान् व्यक्तित्वको चिनारी हो । अर्को पक्ष ज्ञानले सम्झाउने, बुझाउने तथा व्यक्तिभित्रका कमी-कमजोरीलाई स्पष्ट रूपमा देखाउने काम गर्छ । तर, कतिपय मानिसमा आफ्नै किसिमको अहंकार र अहम्भाव हुने हुँदा त्यसलाई स्वीकार गर्न गाह्रो पर्छ । मानिसले आफूलाई कम जानिफकार सम्झेको हुँदैन । आफ्नो बुद्धिको अभिमानबाट परिचालित भएको अवस्थामा व्यक्ति कसैबाट सुन्न, शिक्षा र दीक्षा लिन उत्सुक हुँदैन र चाहँदैन पनि । मानिसलाई सद्मार्गमा अग्रसर हुन नदिने यो एउटा ठूलो अवरोध हो भने जीवनलाई महत्त्वपूर्ण उपलब्धिबाट वञ्चित गरिदिने अभिसाप हो ।
उल्लेखित मनस्थितिलाई सहज रूपमा आकरि्षत गरी ज्ञानप्रति लालायित गर्ने पक्षमा ब्रह्माबाबाको प्यारको कला अत्यन्तै विलक्षण र अनुपम थियो । ब्रह्मा बाबाले कहिल्यै पनि व्यक्तिमाथि सीधै ज्ञानको हलो जोत्नुभएन बरु पहिले स्नेह प्यारको जलमलले धर्ती तयार गर्नुभयो । बाबाबाट झरझर बग्ने शुद्ध, आत्मिक निसर्त र निस्वार्थ कल्याणकारी भावसहितको प्यारले सबै तह, तप्का, स्तर, उमेर, वर्ग, वर्ण, पेसाका मानिसलाई प्रभावित गर्दथ्यो । बाबाको वाणीमा ज्ञान र प्रेमको यस्तो सम्मिश्रण हुन्थ्यो कि उहाँको माधर्ुय र अर्थपूर्ण -mभबलष्लनाग) िवचनबाट व्यक्तिहरू मन्त्रमुग्ध नभई रहन सक्दैनथे । जोकोही पनि जब केही छिनका लागि बाबाको सान्निध्य प्राप्त गर्दथ्यो आफूलाई महान् भाग्यशाली सम्झने गर्दथ्यो तथा आफ्नो अनुभवमा आफूले बाबाबाट बढीभन्दा बढी असीम प्यार, स्नेह र प्रेरणा पाएको वर्णन गर्न थाल्दथ्यो । उहाँको अलौकिक दृष्टि र स्नेहबाट स्वयम्मा शक्ति सञ्चार भएको अनुभूति गर्दथ्यो । ज्ञानको गहन रहस्य जसभित्र आत्मबोध, परमात्म अनुभूति एवम् कर्मको सूक्ष्म र अकाट्य प्रभावजस्ता कुराहरू हुन्थे ती गुढ रहस्यलाई मानिसहरूले बाबाको प्रेमपूर्ण ज्ञानवाणीबाट सहजै स्वीकार गरी जीवनलाई अलौकिक परिवर्तनका लागि समर्पण गर्न पुग्दथे । बाबाको सान्निध्य प्राप्त गर्ने व्यक्तिहरूमा यस्तो चमत्कारी अमिट छाप पर्नुको कारण उहाँको ज्ञानमा प्रेमको सन्तुलित सुमेल थियो भन्नमा आपत्ति हुने छैन । शदियौँदेखि गढेर मानव मनमा पक्का भएको मान्यतालाई परिवर्तन गर्न ज्ञानको स्पष्टीकरणका साथै प्यारको व्यवहारको पनि उत्तिकै भूमिका हुने तथ्य ब्रह्मा बाबाको कार्य पद्धतिले पुष्टि गरेको छ ।
आध्यात्मिक ज्ञान र रुहानी शुद्ध स्नेह प्रेमकाका प्रतिमूर्ति ब्रह्मा बाबाले आफ्नो जीवनपर्यन्त तन, मन, धन, समय, सास र सङ्कल्पलाई मानव कल्याणका लागि अर्पित गरी १८ जनवरी १९६९ मा सम्पूर्णता र सम्पन्नतालाई प्राप्त गरी कर्मातित बनेर अव्यक्त हुनुभयो । तर, उहाँले मार्गप्रशस्त गरेको विश्व कल्याणको महान् कार्य निरन्तर द्रुत गतिले अगाडि बढिरहेको छ । विश्वमा सबै धर्म, जाति, लिङ्ग, वर्ण, रंग र मान्यताका व्यक्तिहरू आध्यात्मिक ज्ञान र राजयोगको प्रशिक्षणबाट लाभ लिइरहेका छन् । ज्ञान र प्रेमको सुमधुर सुमेलबाट सजिलैसँग तमाम मानिसको जीवन दिव्य संस्कारले सुपुष्पित हुँदै गइरहेको छ । अतः मानवजीवनलाई सकारात्मक परिवर्तन गराउने महत्त्वपूर्ण कार्य र विश्व शान्तिका लागि गरेको योगदानसमेतलाई कदर गर्दैै यस दिनलाई स्मृति सो समर्थी दिवस र विश्वशान्ति दिवसका रूपमा सम्मान र श्रद्धाका साथ मनाइने गरिन्छ ।