राष्ट्रवादी भावनाले ओतप्रोत बौद्धिक व्यक्तित्व डा. युवराज संग्रौला आफ्नो फेसबुक वालमा लेख्छन्-
२०४७ सालदेखि लोकतन्त्रलाई बहाना बनार्इ देश लुटिएको लुटियै छ ।
१. सांसदलार्इ पजेरो दिएर लुटियो।
२. महाकाली सन्धी जस्तो आसमान सन्धी गरेर लुटियो।
३. द्वन्द्वका नाममा हतियार किनेर कमिसन र लडाकु ब्यवस्थापनका नाममा लुटियो।
४. संविधानसभाको निर्वाचन र संविधानका नाममा लुटियो।
५. भुकम्पपीडित राहतका नाममा लुटियो।
६. राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र ठुला कर्मचारीका नाममा उनीहरुको सुविधा र अनुदानका नाममा र पार्टीका नेतालार्इ सहयोगका नाममा लुटियो।
७. अहिले निर्वाचनका नाममा लुटिँदै छ।
८. भ्रष्टाचार क्यान्सर जस्तो भएको छ। गरिब जनताबाट प्रत्येक पार्इलामा कर उठाएर रगत चुस्नेहरु छ। कोही बनाउने नाममा लुटदैछन्, कोही बिग्रेको सपार्ने नाममा पनि लुट्दै छन्।
अर्कातिर अनेक बहानामा देशमा आगो लगाएकोलगायै छन् । हिजो संघीयताको नाममामा देशलार्इ जातीयताको भूमरीमा हाले। मानसिक रुपमा देशलार्इ विभाजित गरे। धर्मनिरपेक्षताको नाममा नेपालको संस्कृति समाप्त पार्ने षड्यन्त्र गरे। सधैं मानसिक आगो लगाए अनि हडताल र भौतिक आगो बाले।
अनि अहिले-
१. प्रदेशको राजधानीका नाममामा आगो बाल्दैछन्।
२. देशको सुरक्षा समाप्त पार्न प्रदेशका राजधानी भारतसँग जोडिएका शहरमा राख्दैछन् । जनताको प्रतिनिधित्व गर्ने भनिएका पार्टीका कार्यकर्ता देशको सुरक्षा भाडमा जाओस् प्रदेशको राजधानी सीमाना जोडिएको शहरमै हुनपर्छ भनी आगो बालिरहेका छन्। यो आगोका पछाडि विदेशी खेल्दैछन्।
१. सीएनएनबाट हिरो बनाइएकी एकजाना आमैलार्इ पस्चिमाको लागि काम गर्न प्रदेश प्रमुख बनाइयो। यसैगरी सेलेब्रेटी उत्पादन गर्ने उद्योग खोलिएको छ अहिले अन्नसनको नाममा अनि चोखा विदेश उत्पादन नेताका नाममा। जिल्लामा आगो सल्काइएको छ। कुनै पनि सरकार उत्तरको सीमानामा राख्न नदिने चेसको खेल राम्रोसँग खेलिँदै छ।
२. विद्रोह भडकाएर माघ ७ गतेपछि संविधान हत्या गर्ने राम्रो खेल हुँदैछ।
३. राष्ट्रिय सभा निर्वाचन नभै प्रतिनिधि सभाको निर्वाचन नहुने, राष्ट्रिय सभाको निर्वाचन आन्दोलनले नहुने, अनि कामचलाउ सरकार रहिरहने। विदेशीको खेल सधैं देश लुट्न र दडाउन चलिरहने। जनता गोटि बनिरहने।
प्रतिक्रिया