लोकतान्त्रिक गठबन्धनसँग कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने तयारी गरेको छ ।
पार्टी केन्द्रिय कार्य समितिको जारी बैठकमा नेताहरुले राष्ट्रिय सभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुसँग तालमेल गरेर जानुपर्नेमा जोड दिएपछि कांग्रेसले यस्तो तयारी गरेको हो ।
बैठकमा सहभागी बालकृष्ण खाँडका अनुसार, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका दलहरुसँग सहकार्य गरेर राष्ट्रिय सभाको निर्वाचनमा जाने विषयमा बैठक केन्द्रित रहेको बताए ।
लोकतान्त्रिक गठबन्धनमा आबद्ध राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पाटी, राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक) लगायतका दलहरुसँग चुनावी तालमेलका लागि कार्य दल नै गठन गर्ने तयारीमा पार्टी सभापति शेरबहादुर देउवा रहेको उनले बताए ।
काँग्रेसले राष्ट्रिय सभामा प्रदेश सभा र प्रतिनिधि सभामा उम्मेदवार बनेकाहरुलाई उम्मेदवार नबनाउने मापदण्ड पनि तय गर्ने स्पष्ट पारेको छ ।
प्रतिक्रिया