तीन घण्टाको छलफलपछि ‘शनिबार एकता संयोजन समितिको बैठक राख्ने’ निश्कर्ष

तीन घण्टाको छलफलपछि ‘शनिबार एकता संयोजन समितिको बैठक राख्ने’ निश्कर्ष


पार्टी एकीकरणबारे विभिन्न आशंका चलेपछि दबाब महसुस गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच आज दिउँदो तीन घण्टा एक्लाएक्लै वार्तालाप भएको छ । ओली निवास बालकोटमा दिउँसो एकदेखि चार बजेसम्म भएको भेटवार्तामा प्रदेश सरकार र राष्ट्रियसभा गठन तथा पार्टी एकताबारे छलफल भएको बुझिएको छ ।

दुई अध्यक्षको भेटमा कार्यदलको प्रतिवेदन, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचन विषयमा छलफल भएको थियो । राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशका मुख्यमन्त्री, सभामुखलगायत विषयमा साझा धारणा बनाएर जानेबारेमा छलफल भएको र पार्टी एकतालाई टुङ्गोमा पु¥याउन भोली शनिबार दुई अध्यक्षबीच पुनः छलफल गर्दै माघ ७ गते पार्टी एकता संयोजन समितिको बैठक बोलाउने निर्णय भएको पनि बताइएको छ ।