पाणिनी गाउँपालिका अर्घाखाँचीको समन्वय र सूचना तथा सुशासन अभियान (सिआईजी)को आयोजनामा शुक्रबार पणेनामा सूचनाको हकसम्बन्धी अभिमुखिकरण तथा गाउँपालिकाबाट सन्चालित योजनाहरुको जानकारी गराउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सम्पूर्ण राजनैतिक दलका तर्फबाट धातानन्द पोख्रेल र नेरामाविका शिक्षक पुष्करराज पोख्रेलले आफ्नो मतत्व्यका क्रममा यही कार्यक्रमका माध्यमबाट सूचनाको अधिकार सम्बन्धमा जानकारी प्राप्त भएको भन्दै आयोजका संस्था सिआईजीलाई धन्यवाद दिनुभयो भने अगामी दिनमा सूचना लिने र दिने कार्यमा आफुहरु सक्रिय रहने प्रतिबद्धता समेत जनाउनुभयो ।
करिव एक सय पच्चीस जनाको सहभागिता रहेको सो कार्यक्रममा सूचनाको हक सम्बन्धमा सिआईजी अध्यक्ष मुक्तिनाथ भुसाल र गाउँपालिकाको योजनाबारे वडा कार्यालय सहायक निलराज भट्टराईले सहजीकरण गर्नुभएको थियो । वडा सचिव नवीन पराजुलीको सन्चालन, कार्यपालिका सदस्य गीता पोख्रेलको स्वागत मनत्व्य र वडा अध्यक्ष शालिकराम भट्टराईको सभापतित्व रहेको उक्त कार्यक्रममा सिआईजी अध्यक्ष भुसालबाट वडा अध्यक्ष, सरस्वती मावि, नेरा मावि र वडास्थित राजनैतिक दलका नेता तथा समाजसेवीहरुलाई सुशासन प्रबर्धनका लागि मायाको चिनो प्रदान गरिएको थियो ।
प्रतिक्रिया