नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रजातान्त्रिक समाजवादको छवि बनाएको काँग्रेस दक्षिणपन्थी र गैरसमाजवादी बाटोमा लाग्न नहुने बताएका छन ।
जगन्नाथ आचार्य स्मृति प्रतिष्ठानले भक्तपुरको कौशलटारमा आयोजना गरेको जगन्नाथ आचार्यको ‘आत्म वृत्तान्त’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘कहिलेकाहीँ पार्टी नेतृत्वको निर्णय हेर्दा मनमा खट्किन्छ र त्यो नगर्नका लागि सुझाव त दिन्छु तर बाहिर ल्याएर उदाङ्गो पार्दा पार्टीलाई नोक्सान हुन्छ कि भनेर दृढतापूर्वक त्यसलाई रोक्न दबाब दिन सकेको छैन ।’
उनले न्यायालयलगायत विभिन्न विषयमा पार्टीले सही निर्णय लिन नसकेको स्वीकार्दै पार्टीले अब क्रान्तिकारी कामलाई अघि सानुपर्नेमा जोड दिए । राससका अनुसार स्वर्गिय जगन्नाथ आचार्य प्रजातान्त्रिक समाजवादका लागि निष्ठावान् व्यक्तित्व भएको बताउँदै उनले प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा उतार्न नसकिएको नेता पौडेलले स्वीकारे ।
कार्यक्रममा काँगे्रस नेता केबी गुरुङ, होमनाथ दाहाल, जिल्ला सभापति दुर्लभ थापा, तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थ, अन्जना मधिकर्मी, वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, प्रतिष्ठानका अध्यक्ष विनोद आचार्यलगायतले पुस्तक क्रान्तिको दस्ताबेज भएको विचार व्यक्त गरे ।
प्रतिक्रिया