न्यानो बाँड्न वाईसीएल तराईमा

न्यानो बाँड्न वाईसीएल तराईमा


शितलहरको कहर बढेपछि तराई मधृसका प्रभावित क्षेत्रमा न्यानो बाँड्ने उद्देश्यले वाइसीएल नेपालको केन्द्रिय टिम कम्बल लिएर तरार्इ पुगेको छ । वाईसीएल अध्यक्ष दीपशिखाको नेतृत्वमा तराइ पुगेको माओवादी केन्द्र निकट सो संगठनले महोत्तरीको भगाहा नगरपालिका सिद्दपुरको दलित तथा मुसहर बस्तीका दुई सय परिवारलार्इ कम्बल प्रदान गरी न्यानो वितरण अभियान सुरू गरेको हो ।

शनिवार विहान सिद्दपुरमा न्यानो वितरण गरेको वार्इसिएलले दिउँसो धनुषाको धनुषाधाम नगरपालिका ६, ८ र ९ नम्बर वडामा पनि न्याना राहत सामग्री वितरण गरेको वार्इसिएलका महासचिव सुवोधराज शेर्पालीले बताएका छन् ।

कम्बल वितरण गर्दै वार्इसिएलका अध्यक्ष दीपशिखाले भने, ुहामी दुःख शेयर गर्न आएका हौँ, हामीले ल्याएको न्यानोले तराइ न्यानो त नहोला तर मन न्यानो हुन्छ ।ु उनसे विगत सम्झँदै थपे, ुहामी तराइमा बाढी पस्दा पनि आएका थियौं र सक्दो राहत बाँडेका थियौँ । तराइमा दुःख दुख्दा हामी मन मिलाउन आउँछौं ।ु

अब बन्ने बाम गठबन्धनको सरकारले गरिबी उन्मुलनको ठोस काम गर्छ र शितलहरबाट अर्को साल यति धेरै मानिसको नहुने दाबी पनि उनले गरे ।

महोत्तरी, घनुषा हुँदै रौतहट र पर्सामा वाइसिएलको न्यानो वितरण कार्यक्रम रहेको दीपशिखाको भनाई छ । साथै ५० हेक्टर ज़मीन मिच्न खोजिएको पर्साको विरगंजमा समेत वाइसिएल पुग्ने शेर्पालीले जानकारी दिए ।