बुद्धको जन्मस्थानबारे विश्वव्यापी भ्रम निवारण

बुद्धको जन्मस्थानबारे विश्वव्यापी भ्रम निवारण


लण्डन । हामी नेपालमा बसेर बुद्ध नेपालमा जन्मेको भन्ने बिषयलाई संसारले बुझेको छ र भारतको अनावस्यक दुस्प्रयासले केही गर्न सक्तैन भनेर जसरी सोच्छौं त्यति सहज अवस्था विश्वको जनताबीच छैन भन्ने स्पस्ट भैसकेको देखिन्छ । अधिकांश देशका पाठ्य पुस्तकमा नै बुद्ध भारतमा जन्मिएको उल्लेख गरिएको, बुद्धको जन्म स्थान जाने भनेर बर्षेनी हजारौं पर्यटक भारतद्धारा निर्मित नक्कली लुम्बिनीमा पु-याइएको, विश्वका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्लगहरुमा रिङपोछे तथा बुद्धका बिषयमा लेख्ने लेखहरुद्धारा नै पनि बुद्धलाई भारती रुपमा परिचय दिएका अनगिन्ति उदाहरणले गर्दा । कपिलबस्तु दिवस अभियान शुरु गरेपश्चात गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउनेलाई नेपाल देखाउने बनाउने, जन चेतना जगाउने, गुगलमा बुद्ध तथा लुम्बिनीको बिषयमा खोज्दा प्रायशस् भारती सामग्री मात्र पाइनेमा हाल नेपाली सामग्रीहरु पनि प्रशस्त पाइने जस्ता बातावरण सिर्जना भए तापनि नक्कली लुम्बिनी र अधिकांश देशका पाठ्य पुस्तकमा बुद्धलाई भारती परिचय दिने जस्ता विश्वका जनतालाई दिग्भ्रमित तुल्याउने मूलभूत समस्या कायमै रहेको र यसमा नेपाल सरकारको प्रत्यक्ष सहभागिताबिना यो समस्या समाधानको लागि बर्षौं लाग्ने भएकोले नेपाल सरकारलाई दबाब दिने अभिप्रायले केही समयअघि शुरु गरिएको बुद्धबारे सिर्जित विश्वब्यापी भ्रम निवारण‏को लागि हस्ताक्षर संकलन अभियानकै निरन्तरताको रुपमा आज काठमाण्डौंमा कपिलबस्तु दिवस अभियानले प्रधानमत्री माधव कुमार नेपाललाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्र बुझाउन जाने दलमा अभियानका सल्लाहकारहरु डा आरजु देउवा राणा, प्रो डा कबिताराम श्रेष्ठ, पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ, अभियानका पदेन सल्लाहकार तथा कपिलवस्तुका सांसद दीपकुमार उपाध्याय, कपिलबस्तु दिवस अभियान बिस्व कार्य समितिका तर्फबाट सार्क संयोजक राज श्रेष्ठ, नेपाल संयोजक लक्ष्मण पुरी, जापान संयोजक ओम गुरुङ र वेल्जियम संयोजक सन्तोष न्यौपाने थिए ।

ज्ञापन पत्र बुझाउने क्रममा अभियानका सल्लाहकार द्धय डा कबिताराम श्रेष्ठ र दीप कुमार उपाध्यायले अभियानको आवश्यकता र महत्वलाई प्रकाश पार्नुका अतिरिक्त बिषयबस्तुमाथि प्रकाश पार्नु भएको थियो र प्रधानमत्रीले अभियानबारे आफू सकारात्मक भएको बताएका थिए । उक्त समारोहमा थुप्रै टेलिभिजन सन्चारकर्मीहरुको उपस्थिति थियो भने UNN९० ले ज्ञापन पत्रको कार्यक्रमबारे १० बजे नै समाचार प्रसारण गरेको थियो । ज्ञापनपत्र यसप्रकारको रहेको थियो ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
सिंहदरबार, काठमाण्डौं
नेपाल ।
बिषय: बुद्धको जन्मस्थानबारे सिर्जित विश्वव्यापी भ्रम निवारण
शान्तिका दूत एवम् नेपाललाई विश्वसामु परिचित गराउने प्रमुख आधार बुद्धको महत्व आजको विश्व सन्दर्भमा झनझन बढ्दो छ । सबै किसिमका जाति, धर्म र समुदायमा सर्व स्वीकार्य महामानव गौतम बुद्ध सम्पूर्ण विश्व नागरिकको साझा सम्पत्ति भएको कुरा निर्विवाद हो । अर्को विवादरहित तथ्य के पनि हो भने बुद्ध जन्मदाको समयमा नेपाल तथा भारत भन्ने देशहरु नभए तापनि बुद्ध जन्मेको स्थान भने अहिलेको नेपालको लुम्बिनीमा पर्दछ भन्ने कुरा प्रमाणित भैसकेको छ । युनेस्कोले लुम्बिनीलाई विश्वसम्पदा सूचिमा समावेश पनि गरेको छ । बुद्ध विश्वकै साझा सम्पत्ति भएका कारण आस्थाका आधारमा कसैले मेरो अथवा हाम्रो भन्छन भने त्यस्मा कसैले प्रश्न उठाइराख्नु पर्ने देखिन्न । तर उनको महानता र प्रसिद्धीले क्षेत्रगत आधारमा नाजायज तरिकाबाट गलत ढङ्गले आपुनो भनी प्रमाणित गर्छ भने त्यो दुस्प्रयास मात्रै हो । विश्व जनमतलाई दिग्भ्रमित तुल्याउँदा मौन बस्नुले यस्ता दुस्प्रयासलाई अझ प्रोत्साहित गर्दछ ।
भारतले बर्षौंदेखि बुद्ध भारतमा जन्मेको हो भन्दै विश्वलाई दिग्भ्रमित तुल्याउँदै आइरहेको छ । अहिले लगभग अन्तिम अवस्थामा पुगिसकेको नक्कली लुम्बिनी निर्माण गर्नका लागि करोडौं रुपयाँको लगानी भएको छ । नेपालको आफ्नै किसिमका राजनीतिक सामाजिक आर्थिक र शैक्षिक अवस्थाका कारण यस्ता गतिविधिका विरुद्ध प्रभावकारी रुपमा आवाज उठ्न सकिरहेको छैन ।
यसै सन्दर्भमा विश्व शान्तिका लागि भगवान् बुद्धका शान्ति सन्देशलाई अरु प्रचार प्रसार गर्ने विश्वशान्ति अभियानमा संलग्न अन्य संस्थाहरुसँग हातेमालो गर्ने नेपालको पर्यटन प्रवर्द्धनका लागि लुम्बिनीको विकास र प्रचार प्रसारमा सहयोग पु-याउने भगवान् बुद्धको विश्वव्यापी महत्वबाट नाजायज फायदा लिनका लागि गरिएका गतिविधिले नेपालको राष्ट्रियतामाथि देखा परेका समस्याको निराकरण गर्न प्रयासरत रहने जस्ता उद्देश्यहरु लिएर गतबर्षदेखि प्रत्येक बर्ष डिसेम्बर १ तारिखलाई कपिलवस्तु दिवसको रुपमा मनाउन विश्वभर छरिएर रहेका नेपाली बुद्धिजीविहरुको पहलकदमीमा यो अभियान शुरु गरिएको हो ।
गौतमबुद्ध लुम्बिनीमा जन्मेका हुन् भन्ने सबभन्दा राम्रो प्रमाणको रुपमा रहेको अशोकस्तम्भलाई १ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वविद् अण्टोन फुहररले विश्वसामू ल्याएको दिनलाई महत्व दिनु उपयुक्त र सान्दर्भिक हुने ठहर गरी प्रत्येक वर्ष डिसेम्बर १ तारिखलाई कपिलवस्तु दिवसको रुपमा रोजिएको हो ।
यस अभियानले मौन रहेका नेपालीहरुद्वारा अस्वीकृत गरिनु पर्ने यस्ता दुस्प्रयासका विरुद्ध विश्वभर जनमत सिर्जना गर्नुलाई पनि आपुनो उद्देश्यका रुपमा समेटेको छ । सत्यको रक्षा गर्दै विश्व जनमतलाई दिग्भ्रमित अवस्थाबाट मुक्त पार्न यथासक्य प्रयास गर्नु हाम्रो कर्तव्य हो भने शान्ति र सत्यका प्रतिमूर्ति बुद्धप्रति गरिने सच्चा आदर पनि हो ।
गुगलमा बुद्धको जन्मभूमि खोज्दा भारत देखा पर्नु यो समस्या हामीहरुको विरोधको कारण ईतिहास बनिसकेको छस पीबीएस जस्ता ठूलो कम्पनीद्वारा निर्मित भीडीओ ‘ठे बुद्ध’ मा राजकुमार सिद्धार्थलाई भारतीय भनी उल्लेख गरिनु विभिन्न देशका पाठ्यपुस्तकमा बुद्धको जन्मभूमि भारत भनेर उल्लेख गरिनु जस्ता सम्पूर्ण समस्याको जड कारण भने कै नेपालको तर्फबाट सरकारी बुद्धिजीवी तथा पत्रकारहरु कुनै पनि तहबाट सशक्त विरोध नगरिएका कारण भारतले लामो समयसम्म एकलौटी तवरबाट भ्रम सिर्जना गर्न पाएको अवसरको परिणाम पनि हो । यस्लाई नेपालको राष्ट्रियतामाथिको समस्याको रुपमा पनि लिइनु पर्ने देखिन्छ किनकि यसका पछाडि नियतभन्दा पनि लामो समयसम्म गरिएका दुस्प्रयास र यसका विरुद्ध नेपालबाट हुन नसकेका प्रतिरोधका कारण सिर्जित भ्रमले पनि काम गरेको देखिन्छ । वास्तवमा महत्वपूर्ण कुरा त भगवान् बुद्ध र बुद्धका उपदेशहरु हुनुपर्ने हो तर बुद्धका बारे प्राप्त जानकारीको श्रोतको नियतबारे भने विश्वजनमत अनभिज्ञ देखिन्छन् ।
नेपाल सरकार नेपाली संचार माध्यम र बुद्धिजीविहरुका मौनताका कारण नेपालको तुलनामा धेरै गुणा सशक्त भारतीय संचारमाध्यम र त्यहाँका बुद्धुजीविको एकलौटी र एकतर्फी अभियानले विश्वमा यतिसम्म प्रभुत्व जमाउन सफल भएको छ कि हाल अधिकांश देशका पाठ्यपुस्तकमा समेत बुद्ध भारतमा जन्मेको हो भनी लेखाउने वातावरण बनिसक्यो । त्यसैले नयाँ बन्दै गरेको नक्कली लुम्बिनीको कारण नेपालको राष्ट्रियतामाथि आँच आउने जुन किसिमको नयाँ समस्या देखा परेको छ त्यसको निराकरण गर्न प्रयासरतः रहनु प्रत्येक सच्चा नेपालीको कर्तव्य पनि हो भन्ने हामी ठान्दछौं ।
वास्तबमा यो समस्या लामो समयसम्म समस्याको रुपमा रहन सक्तैन यदि नेपाल सरकारले यसलाई गंभीरता पूर्वक लिने हो र यथोचित प्राथमिकताका साथ कदम चाल्ने नै हो भने । मुख्य रुपमा यी समस्याका समाधनका लागि नक्कली लुम्बिनी जस्ता विषयमा सिधै भारत सरकारसँग कुरा गर्नुपर्दछ । विभिन्न देशका पाठ्यपुस्तकमा बुद्धको जन्मस्थलको बारेमा भएका भ्रम निवारण गर्न कुटनीतिक नियोगहरु मार्फत् सम्बन्धित देशका सम्बन्धित निकायसँग कुराकानी अगाडि बढाउनु पर्छ । नेपाल सरकारको तर्फबाट यति कदम चाल्ने हो भने पनि यो समस्या र यसका पृष्ठभूमिमा रहेर देखापरेका र पर्ने अन्य समस्याहरु स्वतः कमजोर भएर जानेछन् । जाकारीया जस्ता प्रवृतिहरुले टाउको उठाउने हिम्मत गर्न सक्ने छैनन् र उठाइहाले पनि कुहिराको काग जस्तै आफै हराएर जान्छन् ।
नेपाल पर्यटन बर्ष २०११ मा लुम्बिनी र बुद्धलाई नेपालसँग जोडेर प्रचार प्रसारमा जोड दिइनु पर्छ ताकि दिग्भ्रमित विश्वका जनतामा भएका भ्रम निवारणमा सहयोग पुगोस् । संसदले हालसालै सर्वसम्मतिले एक संकल्प प्रस्ताव पारित गर्दै तीन बर्षभित्र लुम्बीनी क्षेत्रलाई ‘अन्तर्राष्ट्रिय शान्ति सहर’को रुपमा विकास गर्न र अधुरो रहेको लुम्बिनी विकास गुरुयोजनालाई पनि तीन बर्षको समयभित्र पुरा गरिसक्न सरकारलाई दिएको निर्देशनलाई यथासक्य समयमा नै पूरा गर्नुपर्दछ ताकि व्याप्त भ्रम निवारणमा सहायक सिद्ध हुनसकोस् ।
संयुक्त राष्ट्र संघका तात्कालीन महासचिव ऊथान्तले गौतमबुद्धको जन्मभूमिलाई उच्च प्राथमिकता र्दर्िइ त्यहाँ ठोस काम गर्नका लागि १९७० मा संयुक्त राष्ट्र संघले एउटा अन्तर्राष्ट्रिय समिति गठन ग-यो र संयुक्त राष्ट्र विकास कार्यक्रमले जापानी आर्किटेक्ट प्रो। केन्जो टाङेलाई लुम्बिनीको विकासको विस्तृत कार्ययोजना ६.५ मिलियन डलरको लागतमा बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो । ७ बर्षभित्रमा पूर्णता पाउनु पर्ने लक्ष राखिएको उक्त गुरु योजना आधा शताव्दीभन्दा बढी समय व्यतित भैसक्दा पनि योजना कार्यन्वयनले पूर्णता पाउन नसकेको सन्दर्भमा यसतर्फ पनि नेपाल सरकारको ध्यान आकृष्ट गराउन चाहन्छौं । यसले गर्दा बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याएर वास्तविक कुरालाई स्वतः स्फूर्त रुपमा प्रचार प्रसार गर्न सघाउ पुग्ने थियो ।
उपर्युक्त कुराहरु नेपालको विकास र नेपालको राष्ट्रियताको संरक्षणसंग मात्र सम्बन्धित नभएर सत्य र शान्तिका पर्यायवाची महामानव एवम् महान् दार्शनिक गौतमबुद्धमाथि गरिएको अन्यायको प्रतिरक्षा पनि हुने छ । यी कुराहरु विश्व शान्तिकै एउटा अंश पनि हुने भएकाले नेपाल सरकारद्वारा नक्कली लुम्बिनी जस्ता बिषयमा सिधै भारत सरकारसँग कुरा गर्ने र विभिन्न देशका पाठ्यपुस्तकमा भएका बुद्धको जन्मस्थल बारेका भ्रम निवारण गर्न कुटनीतिक नियोगहरुमार्फत सम्बन्धित देशका सम्बन्धित निकायसँग कुराकानी गर्न अविलम्ब कदम चालियोस् भनी आग्रह गर्दछौं ।
रामकुमार श्रेष्ठ
विश्व संयोजक

-मेस, काठमाण्डौं,