गायिका कोमल वली पनि राष्ट्रियसभाको उम्मेदवार बनेकी छिन् । वली नेकपा एमालेको तर्फबाट राष्ट्रियसभाको उम्मेदवार बन्ने भएकी हुन् ।
एमाले अध्यक्ष ओली निवास बालकोटमा सोमबार बसेको स्थायी समितिको बैठकले राष्ट्रियसभाका लागि प्रदेश नम्बर ५, ६ र का उम्मेदवारको समेत टुंगो लगाएको छ, जहाँ गायिका वलीलाई पनि प्रदेश नं ५ को महिला सदस्यमा उम्मेदवार बनाउने निर्णय गरिएको स्रोत बताउँछ ।
स्रोतका अनुसार प्रदेश नं १, २, ३ र ४ मा उम्मेदवारहरूको छनोट हुन बाँकी रहेको छ । वाम गठबन्धनले ४३ सिटको भागवण्डा गरेको छ, जसमा २९ एमालेको भागमा परेको छ । बाँकी उम्मेदवारहरुको चयन भने आज मंगलबार हुने एमालेका नेताहरुले बताएका छन् ।
यस्ता छन एमालेबाट राष्ट्रिय सभाका लागि छनोट भएका नामहरु-
प्रदेश नं ५
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ
प्रदेश नं ६
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम
प्रदेश नं ७
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा
प्रतिक्रिया