वसन्तपुर दरबार क्षेत्रमा जेजे ज्वेलर्स संचालनमा

वसन्तपुर दरबार क्षेत्रमा जेजे ज्वेलर्स संचालनमा


बसन्तपुर दरबार क्षेत्रमा सोमबारदेखि जेजे ज्वेलर्स संचालनमा ल्याइएको छ । ज्वेलर्सको उद्घाटन चर्चित महजोडीलले गरेका हुन् ।

ग्राहकहरुलाई शुद्ध सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाइनका सामाग्री दिने उद्धेश्यले ज्वेलर्स संचालनमा ल्याइएको बताइएको हो ।

बहुप्रतिष्ठित कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले ज्वेलर्सको उद्घाटन गरेका थिए । विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी ज्वेलरी संचालनमा ल्याइएको संचालक बताउँछन् ।

जवेलर्सले उद्घाटनको अवसर पारी एक सातासम्म बिशेष अफरका साथ ग्राहकहरुलाई छुट दिने जनाएको छ ।

माघ १४ गतेसम्म ग्राहकहरुका लागि आफ्ना उत्कृष्ट तथा आकर्षक गहनाहरुमा अफर समेत ल्याएको छ । ज्वेलर्सले आगामी दिनमा नेपालका प्रमुख शहरहरुमा शाखा स्थापना गर्ने जनाएको छ ।