अस्थायी प्रदेश मुकामप्रतिको असन्तुष्टि अनावश्यक : मन्त्री थापा

अस्थायी प्रदेश मुकामप्रतिको असन्तुष्टि अनावश्यक : मन्त्री थापा


कानुन तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले अस्थायी प्रदेशको मुकामका बिषयमा असन्तुष्टि पोख्नु जायज नभएको बताएका छन् । प्रदेशको मुकाम तोक्नु यो सरकारको बाध्यकारी अवस्था भएको बताउदै उनले स्थायी मुकाम तोक्ने अधिकार सम्बन्धित प्रदेशलाई भएकाले अस्थायी मुकामलाई ठुलो बिषय बनाएर आन्दोलन गर्न उचित नहुने धारणा राखे ।

प्रदेश सदस्यहरुलाई अधिकार सम्पन्न बनाउन र प्रदेशको कार्य सन्चालनका लागि मात्रै अस्थायी प्रदेशको केन्द्र तोकिएको र यस्लाई प्रदेश सदस्यको दुई तिहाई मतले स्थायी केन्द्र तय गर्न सक्ने बताए । दोस्रो गैडाकोट महोत्सवको समापन समाहरोहलाई सम्बोधन गर्दै मन्त्री थापाले अव जुन सुकै सरकार आएपनि निजी क्षेत्रलाई पाखा लगाएर देशमा संमृद्धि हुन नसक्ने बताए ।

कार्यक्रममा गैडाकोट उद्योग बाणिज्य संघको स्मारिका समेत बिमोचन गरिएको थियो भने बिभिन्न समित तथा उपसमितिमा रहेर काम गर्ने व्यक्तिहरुहरुलाई सम्मान गरिएको थियो । आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैंडाकोट महोत्सव” भन्ने मुल नाराका साथ उद्योग वाणिज्य संघ गैडाकोटको आयोजनामा पुष २७ बाट महोत्सव सुरु गरिएको थियो ।

महोत्सव निकै भब्यताका साथ सम्पन्न भएकोे उद्योग वाणिज्य संघ गैडाकोटका कोषाध्यक्ष एवं महोत्सव प्रचार प्रचार उप समितिका संयोजक शालीकराम सापकोटाले जानकारी दिए । महोत्सवमा २ करोड बढिको आथिक कारोबार भएको उद्योग बाणिज्य संघ गैडाकोटका प्रथम उपाध्यक्ष एवं दोस्रो गैडाकोट महोत्सव आर्थिक उपसमितिको संयोजक एकदेब रिमालले जानकारी दिए । महोत्सवमा ३ सय २० स्टल रहेका थिए जसमध्ये ४० वटा प्रवद्र्धनात्मक राखिएको थियो ।