नेकपा एमालेले आफनो पार्टीको तर्फबाट विजयी सांसद नवराज सिलवालको प्रतिरक्षा गर्दै धेरै ढिलो भएपनि आफ्नो धारणा सार्वजनिक गरेको छ ।
गत महिना सर्वोच्च अदालतले सिलवालद्धारा न्यायालयमा प्रस्तुत गरेको दस्तावेज नक्कली भएको ठहर गरेपछि प्रधानमन्त्री शेर बहादुर देउवाले सम्हालेका गृहमन्त्रालय सिलवाललाई कारबाहीको दायरामा ल्याउन सक्रिय भएको छ ।
यस घटनापछि एमाले मुख खोल्न बाध्य भएको छ । एमाले स्थायी समितिको सोमबार अर्थात माघ ८ गते बसेको बैठ्कले सिलवाल प्रकरणमा सरकार र प्रहरीले गरेको कार्यलाई गलत हर्कत भएको भन्दै त्यसको भत्र्सना गरेको छ ।
सचिव योगेश भट्टराईले भने, ‘समय आएपछि न्यायिक जवाफ दिन तयारी अवस्थामा सिलवाल रहेको बेलामा सरकारले यसलाई अन्तराष्ट्रियकरण गर्दै इन्टरपोलमा लाने विषय बनाएर बढाइचढाइ गरेको छ, यसको बैठकले भत्र्सर्ना गरेको छ ।’
प्रतिक्रिया