चार दलले चुनावमा सहकार्य गर्ने

चार दलले चुनावमा सहकार्य गर्ने


सत्ता सञ्चालनको दायित्व नजिकिँदै गर्दा नेकपा एमालेले विभिन्न राजनीतिक दलहरुसँगको छलफललाई तीव्रता दिएको छ । प्रदेश सरकार गठन, राष्ट्रिय सभाको निर्वाचनलगायत मुद्धामा सहकार्य गर्ने भन्दै एमालेले माओवादी केन्द्र, राजपा, संघीय फोेरमसँग वार्ता शुरु गरेको छ ।

मंगलबार विहान एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा यी चार दलबीच छलफल भएको छ । एमालेका सुवास नेम्वाङ र अग्नि खरेल, माओवादी केन्द्रका वर्षमान पुन र मातृका यादव, राजपाका केशव झा र सर्वेन्द्रनाथ शुक्ल अनि फोरमका राजेन्द्र श्रेष्ठलगायत नेता छलफलमा सहभागी थिए । सो छलफल प्रदेश सरकार गठन र राष्ट्रिय सभाको निर्वाचनमा कसरी मिलेर जाने भन्नेमा केन्द्रित रहेको बुझिएको छ ।

मुलुकको नेतृत्व एमालेले गर्ने, २ नम्बर वाहेकका प्रदेशमा वामगठबन्धनको नेतृत्व रहने र प्रदेश नम्बर २ मा मधेसकेन्द्रित दलहरुले मिलेर सरकार बनाउनुपर्ने धारणा छलफलमा उठेको सहभागी एक नेताले जानकारी दिए ।

छलफलमा सहभागी दलहरु आगामी निर्वाचनमा सहकार्य गर्न तयार रहेको र आज ३ बजे पुनः बस्ने गरी छलफल स्थगित गरिएको एमाले नेता नेम्वाङले जानकारी दिए ।