भ्याली प्रिजर्भेसन ट्रष्टलाई एक करोड प्रदान

भ्याली प्रिजर्भेसन ट्रष्टलाई एक करोड प्रदान


आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा हिमालयन बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाटन दरबारक्षेत्रको पुनर्निर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई रु. १ करोड प्रदान गरेको छ ।

बंैक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले ट्रष्टका कन्ट्री डाइरेक्टर रोहितकुमार रन्जितकारलाई बैंकको २५औँ वार्षिकोत्सवको अवसरमा ह्यात रिजेन्सीमा आयोजित समारोहमा सोसम्बन्धी पत्र हस्तान्तरण गरेका छन् ।