गएको आर्थिक वर्षका पछिल्ला ६ महिनामा व्यवसायिक साझेदारहरूले गरेको रेमिटेन्स कारोबारका आधारमा आइएमई लिमिटेडले आफ्ना दश व्यवसायिक साझेदारहरूलाई युएईको दश दिवसीय भ्रमण गराएको छ । बजार एवम् व्यवसायको आकार र भौगोलिक अवस्थितीको आधारमा व्यावसायिक साझेदारहरुलाई निश्चित लक्ष्य तोकी विभिन्न समुहमा वर्गीकरण गरिएको थियो । यो मुल्याङ्कन अवधिमा उत्कृष्ट कारोबार गरी लक्ष्य प्राप्त गर्न सफल प्रत्येक समूहबाट एक–एक गरी कुल दश जनालाई युएई भ्रमणको अवसर उपलब्ध गराइएको थियो ।
त्यस्तै, गत मङ्सिरमा आफ्ना दश जना व्यावसायिक साझेदारहरूलाई आइएमईले सुदुरपश्चिमको मुगुमास्थित रारा तालको भ्रमण गराएको थियो । आठ दिवसीय उक्त भ्रमणमा आर्थिक वर्ष ०७३/७४ मा दिइएको व्यावसायिक साझेदारमुखी ब्यापार प्रवद्र्घनात्मक कार्यक्रमअन्तर्गत दश व्यावसायिक साझेदारहरूलाई छनोट गरिएको थियो ।
आफ्नोे स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी १६० आइएमई सेन्टरसहित सातैवटा प्रदेश र ७७ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो–छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।
प्रतिक्रिया