ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर

ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर


राष्ट्रिय चिकित्सक संघ नेपाल, लुम्बिनी शाखा र बुटवल उपमहानगरपालिकाको सहकार्यमा आगामी माघ २० गते निःशुल्क रोग निवारण तथा जनचेतनामूलक कार्यक्रम अन्तर्गत पहिलो चरणमा बुटवल उ.मा.नपाको वडा न. ३, ४, ५ र ६ मा वृहत स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।

उक्त शिविरमा ४ वटै वार्डका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरि उनीहरुलाई आवश्यक सबै औषधी निःशुल्क वितरण गरिने र साथमा ईसिजी, युएसजी, मधुमेहको निशुल्क परीक्षण तथा उपचारप्रदान गरिने कार्यक्रमका संयोजक तथा राष्ट्रिय चिकित्सक संघ का केन्द्रिय सदस्य डा. सम्राट पराजुलीले जानकारी दिए । साथै शिविरमा प्रसुती गृह काठमाडौंका वरिष्ठ रेडियोलोजिस्ट डा. निरज अर्यालको नेतृत्वमा अन्य चिकित्सकहरु पनि सहभागी भई बिरामीहरुको स्वास्थ्य परीक्षण गर्नेछन् ।

त्यस्तै संघका लुम्बिनी शाखाका अध्यक्ष डा. सन्तोष पोख्रेल, संघका सचिव डा. समिर आचार्य लगायत बुटलका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरुबाट जाँच गरिने संघका लुम्बिनी शाखा अध्यक्ष डा. सन्तोष पोख्रेलले जानकारी दिए । शिविर बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कान्ति मा. वि. बुटवलको प्राङ्गणमा चल्नेछ ।

– पुनहरि बेल्बासे